‘अन्त्यहीन इच्छा’ माथि परिचर्चा

आदर्श समाज सम्वाददाता
असाेज १८, २०७५
Radio Janani Samman

पोखरा, १७ असोज। साहित्यकार गीता खत्रीको कथासंग्रह ‘अन्त्यहीन इच्छा’ परिचर्चा गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष खत्रीले अमेरिका बसाइँमा लेखेको उक्त कथा संग्रहभित्र १७ वटा कथाहरु संग्रहित छन्।

प्रमुख अतिथि कवि तीर्थ श्रेष्ठले ‘बाघ’ शीर्षकको कविता वाचन गरेर कार्यक्रम उद्घाटन गरेका थिए। उनले राष्ट्रियता र नागरिकता फरक रहेको चर्चा गर्दै खत्री राष्ट्रवादी साहित्यकार रहेको बताए। उनले शुभकामना दिँद भने, ‘विदेशी समुद्र किनारमा फूलेको फूलभन्दा हाम्रो नेपालकै माटोमा फूलेको फूल बन्नुहोस्।’

प्राज्ञ हरिदेवी कोइरालाले साहित्यकी बहुआयामिक स्रष्टा खत्रीले साहित्यमार्फत देश र विदेशलाई जोड्ने सेतु बनेको चर्चा गरिन्।

पत्रकार वद्रीविनोद प्रतिकले कथाकार खत्रीले स्वदेशी र विदेशी समाज तथा जनजीवनमा अनुभवलाई कथा संग्रहमा समेटेको बताए।

संग्रहभित्रका कथाको भाषाशैली र लेख्ने कला सरल रहेको उनले बताए।

कार्यक्रममा अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साहित्यकार खत्रीले २० वर्ष अघिदेखिका जीवनका भोगाइलाई कथाको रुप दिएको उल्लेख गरिन्। उनले सकारात्मक सोचबाट कथासंग्रहको थालनी र अन्त्य गरेको बताइन्।

सो अवसरमा रेडियो जननिले साहित्यकार खत्रीलाई सम्मान गर्‍यो। प्राज्ञ श्रेष्ठले ढाकाको पछ्यौरा ओढाउँदै खत्रीलाई सम्मानपत्र प्रदान गरे ।

उक्त अवसरमा अलि मियाँ लोकवाङ्मय प्रतिष्ठान र लेखनाथ साहित्य प्रतिष्ठान र नारी वाङ्मय प्रतिष्ठान समेतले खत्रीलाई सम्मान अर्पण गरेको थियो।

रेडियो जननी अध्यक्ष मिलन थापाको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोकी पूर्व अध्यक्ष हिरा भट्टराईले रेडियोबारे प्रकाश पारेकी थिइन् ।

नारी प्रतिभा वाङ्मय प्रतिष्ठानकी उपाध्यक्ष अम्बिका भण्डारीले स्वागत र रेडियो जननिकी स्टेशन म्यानेजर बिमला भण्डारीले संचालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width