सांग्रिलामा कर्मचारी अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
असाेज १८, २०७५
sangrila bank

पोखरा, १७ असोज। सांग्रिला डेभलपमेन्ट बैंक लि.ले नवनियुक्त कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ तालिम दिएको छ।

गत असोज ७ देखि १६ गतेसम्म चलेको तालिममा बैंक सम्बन्धित काम तथा नीति-नियम तथा सामाजीकरणबारे जानकारी दिइएको थियो। तालिममा नवनियुक्त ७६ जना कर्मचारी सहभागी भएका थिए।

तालिम समापनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयंको तथा बैंकको दिगो विकासमा योगदान हुने बताएका थिए।

उनले यसबाट कर्मचारीको सीप विकास तथा आत्मविश्वासमा वृद्घिगर्ने भएकोले यस्ता किसिमका तालिमका कार्यक्रम निकट भविष्यमा पनि आयोजना गरिने जानकारी दिएका थिए।

सहभागी कर्मचारीहरुले तालिमबाट काम गर्ने हौसला मिलेको साथै सबैसँग चिनजान गर्ने मौका मिलेको बताए।

बैंकले खोल्न लागेका नयाँ शाखा संचालनमा आए पश्चात बैंकको शाखा संजाल देशभर गरी ८७ ओटा पुग्ने जनाइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width