महोत्सवमा बिक परिवारको सर्वाधिक दान

आदर्श समाज सम्वाददाता
असाेज १७, २०७५
Mahayagya phto

हेमजा, १६ असोज। माछापुच्छे्रमा जारी शैक्षिक एवं धार्मिक महोत्सवमा खोरामुख निवासी बुद्घबिहादुर बिक परिवारले हालसम्मकै बढी रकम दान गरेका छन् । बिक परिवारले मंगलबार सर्वाधिक १ लाख २७ हजार १ सय २५ रुपैयाँ दान गरेका हुन् ।

गत असोज १२ देखि जारी महोत्सवमा आएको दानमध्ये सबैभन्दा बढी सोही रकम रहेको मूलआयोजक समितिले जनाएको छ ।

महोत्सवमा मंगलवारसम्म कुल ३५ लाख रुपैयाँ बढी संकलन भएको जनाइएको छ । जसअनुसार मंगलबार शक्तिदेवी आमा समूह हडौलेबाट २० हजार १ सय, सिद्घबराह आमा समूह हुम्दीबाट २६ हजार ६ सय ८५, मित्रलाल दाहाल खोरामुखबाट ३१ हजार १ सय ५, सरस्वती आमा समूह ठाँटीबाट २० हजार ५ सय ५, डिल्लीराम दाहालको परिवारर्र् इदिखोलाबाट ५० हजार १ सय ५, गंगा लामिछाने आचार्य हुम्दीबाट २० हजार १ सय १ रुपैयाँ दान प्राप्त भएको छ ।

त्यसैगरी, संरक्षण क्षेत्र व्यवस्थापन समितितर्फ सार्दीखोलाले २५ हजार १ सय ५, रिभानले २५ हजार ५ सय ५, धम्पुसले २५ हजार, ल्वाङघलेलले १ लाख १ सय १, गुमानसिंह नेपाली खोरामुखले  ५० हजार १ सय ५ रुपैयाँ दान गरे ।

यस्तै, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय ल्वाङबाट ३० हजार, खोरामुख निवासी जयनारायण पराजुली परिवारबाट ५६ हजार ५ सय ५५ लगायत अन्य दानवीरबाट नगद तथा जिन्सी सहयोग प्राप्त भएको शिक्षक टीकाराम गौतमले जानकारी दिए । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले धर्मले समाजलाई सुसंस्कृतयुक्त बनाउने चर्चा गर्दै पवित्र उद्देश्य राखेर महोत्सव आयोजना गरिएकाले सफल हुने बताए । कार्यालयले विद्यालयमा भवन निर्माण तथा दरबन्दी थप गर्न सहयोग गर्ने उनले प्रतिबद्घता समेत जनाए।

महोत्सव मूलसमारोह समिति संयोजक ललितमान गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम पण्डित शेखर शर्मा पौडेलले संचालन गरेका थिए ।

माछापुच्छे्र-८, खोरामुखस्थित शहीद हरिप्रसाद आधारभूत विद्यालयको सर्वाङ्गीण विकासका लागि आर्थिक संकलन जुटाउने उद्देश्यले आयोजित सो महोत्सव असोज २० सम्म चल्नेछ ।

महोत्सवमा वाल योगेश्वर महाराज श्रीले संगीतमय शैलीमा भागवत् कथा वाचन गरिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width