कम्युनिष्टले २०/२५ वर्ष सत्ता कब्जा गर्न असम्भव : केसी

आदर्श समाज सम्वाददाता
असाेज १६, २०७५

पोखरा, १५ असोज। नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कम्युनिष्टले २०/२५ वर्ष सत्ता कब्जा गर्न असम्भव रहेको बताएका छन्।

‘कम्युनिष्ट नेताहरुले पटक/पटक अब २०/२५ वर्ष सत्ता कब्जा गर्छाा भनिरहे पनि त्यो सम्भव छैन,’ नेपाली काँग्रेस कास्कीले सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उनले भने, ‘विश्वव्यापी रुपमा खत्तम भैरहेका कम्युनिष्टको भविष्य छैन।’

उनले कम्युनिष्टको तागत र दृष्टिकोणले नजितेको भन्दै काँग्रेसको कमजोरीका कारणले गर्दा मात्र कम्युनिष्टले जितेको बताए। काँग्रेससँग सिद्वान्त, विचार, इतिहास र पार्टीलार्इ पर्दा रुने कार्यकर्ता रहेको भन्दै पार्टीभत्रको निराशालाई आशामा र अविश्वासलाई विश्वासमा बदल्न जरुरी रहेको उल्लेख गरे।

काँग्रेस नेता केसीले काँग्रेसलाई सुधार्न आवश्यक रहेको पटक/पटक दोहोर्‍याए। नेतृत्वमा गल्ति सुधारेर अघि बढ्ने र कार्यकर्तामा सत्य बोल्ने तागत आवश्यक भएको उनको भनाइ छ।

‘अहिले पार्टीतार टुटेको टेलिफोनजस्तो भएको छ,’ उनले भने, ‘नेताले बोलेको कार्यकर्ता सुन्दैनन्, कार्यकर्ता बोलेको नेता सुन्दैनन्।’

नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले कम्युनिष्टको मनोमानीका कारण मुलुकभित्र गुनासो नै गुनासो बढेको भन्दै काँग्रेस सशक्त बनेर गुनासो सम्बोधन गर्नुर्पर्नेमा जोड दिए।

राष्ट्रियसभा सदस्य वृन्दादेवी रानाले सरकार सुरक्षा दिन असफल भएको भन्दै महिलालाई अवहेलना गरेको उल्लेख गरिन्।

काँग्रेस नेता सोभियतबहादुर अधिकारीले कार्यकर्ताको मनोबल उकास्ने गरी पार्टीले काम गर्न सक्नुपर्ने बताए। नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीसशक्त बनाउन सबैको भूमिका जरुरी भएको औल्याए।

Related News

सम्बन्धित समाचार

hero news full width