पोखरा, १५ असोज । गण्डकी प्रदेशको लोगो तयार भएको छ । गोरखाका विनित रानामगरले तयार गरेको लोगो सोमबार सार्वजनिक गरिएको हो ।
प्रदेशको नाम टुंगाएको साढे २ महिनापछि गण्डकीले सबै क्षेत्रको पहिचान झल्किने प्रदेश चिन्ह बनाएको हो ।
धानका दुर्इवटा बालाले घेरेको गोलाकारभित्र माछापुच्छ्रे हिमालको चुचुरो सहित अन्नपूर्ण हिमश्रृंखला सिरानमा छ भने त्यसभन्दा तलतिर क्रमशः पहाड र तराईको आकार छ । नेपालको नक्साभित्र गण्डकी प्रदेशको छुट्टै नक्सा छ । यसले प्रदेशको भूगोल चिनाउँछ, जहाँ सबै भेषभूषा र भूगोलको पहिचान झल्किने गरी पहिरन सहितको मान्छेको तस्वीर छ । पहाडको काखबाट बहने नदीले गण्डकी प्रदेशको जल सम्भावनालाई प्रष्टयाउँछ । नदीको संकेतको वारीपारी गैंडा र जरायो चरेका छन् ।
लोगोभित्रको डाँफे राष्ट्रिय पंक्षी हो । त्यसभन्दा तल लैंगिक समानता झल्काउन महिला र पुरुषले हात मिलाएको संकेत राखिएको छ । नवलपुरदेखि मुस्ताङसम्मको भूगोल, सम्पदा र महिला-पुरुषको सहअस्तित्व झल्कने गरी लोगो तयार गरेको लोगो तथा पोशाक सिफारिस समितिका संयोजक मायानाथ अधिकारीले बताए ।
समितिले साउन २१ गते लोगो बनाउन सार्वजनिक आहृवान गरेको थियो। लोगो तयार गरेका विनितलाई नगद २५ हजार पुरस्कार प्रदान गरिएको छ।
यस्तै समितिले प्रदेशसभा सदस्यहरुको लागि खैरो रंगको पोशाक सिफारिस गरेको छ । गण्डकी प्रदेशका प्रदेशसभा सदस्यहरुले लोगोसहित खैरो कोट लगाउनुपर्नेछ ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१