मदिरा र जुवातासमा भुले जरिवाना

आदर्श समाज सम्वाददाता
असाेज १६, २०७५
madira

लमजुङ, १५ असोज। सुन्दरबजार नगरपालिका- २, परेवाडाँडावासीले मदिरा र जुवातासविरुद्ध अभियान चलाएका छन् ।

समाजमा विद्यमान विकृति-विसंगति तथा आपराधिक घटना न्यूनिकरण गरी सभ्य समाज निर्माण गर्ने उद्देश्य साथ सो अभियान शुरु गरिएको वडाध्यक्ष जगतबहादुर खड्काले बताए।

उनका अनुसार जाँडरक्सी, जुवातास नियन्त्रणका लागि अभियान नै सञ्चालन गरिएको छ। उनले भने, ‘सामाजिक विकृति विसंगति न्यूनिकरण गर्दै सभ्य समाज निर्माणका लागि हामीले अभियान शुरु गरेका हौँ।

एकै व्यक्तिले तीन पटकभन्दा बढी रक्सी पिएको भेटिए ५ हजार जरिवाना तोकिएको छ। त्यसपछि पनि अटेर गरी नियम उल्लंघन गरे प्रहरीसमक्ष बुझाइने निर्णय गाउँले भेलाले गरेका छन् ।’

खड्काका अनुसार सम्पन्न भेलाले बिहान ५ देखि साँझ ७ बजेसम्म सार्वजनिक स्थलमा रक्सी किनबेच र सेवन गर्न नपाउने निर्णय गरेको छ।

अभियान क्रममा सामाजिक सचेतनाका लागि र्‍याली र कोण सभा समेत गरियो ।

‘कसैले नियम उल्लंघन गरे कारबाही हुन्छ,’ उनले सचेत पार्दै भने, ‘रक्सी पहिलोपटक बेचेको फेला परे ५ सय र पिउनेलाई एक हजार रुपैयाँ जरिवाना तोकिएको छ।’

स्थानीय कमला भुजेलले जाँचरक्सी सेवनकै कारण घरपरिवार, समाजमा अशान्ति फैलिएको घरेलु हिंसाका घटना बढेको बताइन्।

उनले भनिन्, ‘बिहान रल्लिएर, दिउँसो जुवातास खेलेर साँझमा रक्सी खाएर घरमा आउने र महिला, केटाकेटीहरुलाई कुटपिट गर्नेजस्ता घटनमा यो अभियानले कमी गराउनेछ।’

उक्त अभियानलाई तिलक स्मृति युवा क्लब, प्रगतिशील महिला सञ्जाल लगायत स्थानीयले साथ दिएका छन्। सो वडा जिल्ला समन्वय समिति प्रमुख लोकराज पाण्डेको गृहगाउँ समेत हो ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width