पोखरा, १५ असोज। पोखरामा टिभिएस व्राण्डको नयाँ स्कुटरको बिक्री शुरु भएको छ।
टिभिएसको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रालिले टिभिएसको नयाँ मोडल एन्ट्रोक (१२५ सिसी) को औपचारिक बिक्री गत शुक्रबारबाट शुरु गरेको हो।
नायिका स्वस्तिका खड्का र जगदम्भा मोर्र्टस प्रालिका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले संयुक्त रुपमा स्कुटर बिक्री शुरुवात भएको घोषणा गरे।
पछिल्लो पुस्ताको रुची र चाहनालाई लक्षित गरेर टिभिएले नयाँ नयाँ मोडलहरु बजारमा ल्याउने क्रममा उक्त स्कुटी बजारमा ल्याएको बतास ब्रदर्श प्रालिका कार्यकारी निर्देशक प्रमेश पराजुलीले जानकारी दिए। शुभारम्भका दिन १ सय वटा वुकिङ भइसकेको उनको भनाइ छ। अग्रवालले काठमाडौमा बिक्री शुभारम्भ भएको १० दिन अवधिमा १ हजारको संख्यामा स्कुटी बिक्री भएको जानकारी दिए।
एन्ट्रोक स्कुटीमा रेस मेसिन, भेहिकल लोकेशन इन्डीकेटर, व्लुटुथ, नेभिगेशन, पास लाईट र स्पोर्टी लुक्स लगायत विशेषता रहेको बिक्री प्रबन्धक सन्तोष पोखरेलले बताए। स्कुटरको मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ।
टिभिएसका अन्य मोडलहरु जस्तै सो स्कुटर पनि गण्डकी धौलागिरी क्षेत्रमा अधिकांशको रोजाइमा पर्ने कम्पनीको विश्वास छ।
टिभिएस अपाचे २२० सिसी, १८० सिसी, १६० सिसी, वेगो, जुपीटर, स्ट्राईकर मोडलहरु सर्वाधिक बिक्री हुने मोडलको रुपमा रहेको पोखरेल बताएँछन्। नेपालका लागि टिभिएस वाईक तथा स्कुटरहरुको आधिकारिक बिक्रेता जगदम्वा मोर्र्टस प्रालि हो।
Related News
सम्बन्धित समाचार
वित्तीय साक्षरता तालिम
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
वित्तीय संस्था कर्मचारी संघमा याम
बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
माघ २४, २०७९कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९