Worldlink ads

गोर्खाज बचत सहकारीमा कुँवर

आदर्श समाज सम्वाददाता
असाेज १६, २०७५
gorkha

पोखरा, १५ असोज । द गोर्खाज बचत तथा सहकारीको नवौं वाषिर्क साधारण सभा तथा चौथो अधिवेशनले डब्लुओटु भूपालजंग कुँवर नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

सहकारीको उपाध्यक्षमा मे. लक्ष्मीप्रसाद गुरुङ सचिवमा ह. र्क्लक बिलबहादुर गुरुङ, कोषाध्यक्षमा सु. गमबहादुर गुरुङ, सदस्यमा सावित्री गुरुङ, शान्ति गुरुङ, देवेन्द्र गुरुङ, सु. तुलबहादुर गुरुङ र सु. ज्ञानबहादुर गुरुङ चयन भएका छन्।

सदस्य संचालक समितिले तीन सदस्यीय लेखासुपरीवेक्षण समिति, तीन सदस्यीय ऋण लगानी समिति र तीन सदस्यीय शिक्षा उपसमिति समेत चयन गरेको छ।

लेखासुपरीवेक्षण संयोजकमा बुद्ध्रि्रसाद गुरुङ, ऋण लगानी संयोजक-सु. तुलबहादुर गुरुङ र शिक्षा उपसमिति संयोजकमा शान्ति गुरुङ, सदस्यमा सु. रामबहादुर गुरुङ, ना.सु. किमबहादुर गुरुङ, मीनप्रसाद गुरुङ, मञ्जु गुरुङ र कञ्चन गुरुङ चयन भएका छन्।

पोखरा महानगरपालिका वडा-१० स्थित गौतमबुद्ध मार्गमा संचालित सो संस्थाको अध्यक्ष डब्लुओटु भीमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेशका सहकारी महाशाखा प्रमुख बद्रीनाथ अधिकारीले गरेका थिए ।

सो क्रममा अधिकारीले सहकारीको निक्षप संकलन बढाउनुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग