पोखरा, १४ असोज।पाँचौ मिस कल्चर नेपाल २०१८ को उपाधि पोखराकी सरु अधिकारीले जितेकी छिन् । पुष्पाञ्जली फेसन एण्ड इभेन्टले आयोजना गरेको प्रतियोगितामा १७ प्रतिश्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन्। उनले सुजुकी स्कुटर पाउनेछिन् ।
प्रतियोगितामा सन्जु भट्टराई फष्ट रनर अप, सेफिया परियार सेकेण्ड रनर अप, निरुता भण्डारी थर्डर रनर अप र एलिसा श्रेष्ठ फोर्थ रनर अप भइन् । भ्यूअर च्वाइस सुस्िमता बिक, अर्गनाइजर च्वाइस कञ्चन थापा मगर र विष्णु खत्री तथा मोष्ट ट्यालेण्ट रिस्ता घिसिङले प्राप्त गरिन् ।
प्रतियोगितामा वेस्ट स्किन दिपा शर्मा, वेस्ट फिगर सन्जिता पाण्डे, वेस्ट क्याटवाक तथा वेस्ट पर्सनालिटी विष्णु खत्री, मस्ट फोटो जेनिक निरुता भण्डारी, मोष्ट कन्फिडेन्ट तथा मोष्ट पपुलर एलिसा श्रेष्ठ, मोष्ट इन्टिलिजेन्ट तथा वेस्ट कल्चरल ड्रेस शशी रानामगर, वेस्ट हेयर रिस्ता घिर्सिङ, वेस्ट स्माइल सुस्िमता बिक, वेस्ट डान्स लिजा गुरुङ, मस्ट फ्रेण्डिली मिलिना आचार्य, मस्ट ब्यूटिफल कञ्चन थापामगर, मस्ट युनिक अम्सु गौतम, मस्ट पर्सनालिटी समिक्षा बिक, मोष्ट क्रियटिभ सोफिया परियार, मोष्ट एक्टिभ तथा मोष्ट डिसिपिलिन सपना सुनार, मोष्ट हेल्पफुलको उपाधि सरु अधिकारीले हात पारिन् ।
‘हाम्रो सँस्कृति हाम्रो पहिचान, लोप उन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नारासहित गत साउनबाट सुरु भएको प्रतियोगितामा प्रतियोगिहरुले लोपउन्मुख जातजातीका भेषभूषाहरू झल्किने पहिरन लगायतका कार्यक्रम संयोजक शोभा गौतमले बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेश संस्कृतिले धनी भएकाले सबै संस्कार र संस्कृतिको जगेर्ना गर्दै प्रबर्द्धनमा राज्य अघि सर्ने बताए । सोही अवसरमा कास्की जिल्लामा क्रियाशिल विभिन्न आमा समूहहरूलाई समेत सम्मानसमेत गरिएको कार्यक्रम सहसंयोजक दिनेश शर्माले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
समता काव्य सन्ध्याको ३६१ औं शृंखला
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
निवन्धमा सत्यवती प्रथम
र् यान्डममा उपन्यास ‘अन्तर’ चर्चा
hero news full width
मुख्य समाचार
घान्द्रुक होटलका पायोनियर
अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित
असाेज ६, २०८०घान्द्रुक घुम्न चक्रीय पदमार्ग
असाेज ६, २०८०फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन बुझाइयो
असाेज ६, २०८०