श्रेया बिकको परिवारलाई केभसिटी सहयोग

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७५

केभसिटी मिडियाले भलिवल प्रतियोगितामा पाएको पुरस्कार श्रेया बिक सुनारको परिवारलाई हस्तान्तरण गरेको छ । पोखरा टुडिखेलमा असोजको १२ र १३ गते सम्पन्न प्रथम केभसिटी मिडियाकप भलिवल प्रतियोगितामा आयोजकले प्राप्त गरेको दोश्रो पुरस्कार राशी नगद २२ हजार २ सय २२ रुपैया कास्की पुम्दी भुम्दी २२ दहरामा रहेको मृतक बिकको परिवारलाई हस्तान्तरण गरिएको हो । गत असोजको ८ गते हत्या भएकी श्रेयाको घरमा पुगी उनकी आमा वेलकुमारी बिक, ठूलो बुवा मिनबहादुर बिक र हजुरवुवा तिलकबहादुर बिकलाई मिडियाका अध्यक्ष दुर्गाप्रसाद आचार्य, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानामगरले नगद प्रदान गरेका थिए । सो अवसरमा वोल्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानामगरले हत्यारा पक्राउ परिसकेकाले अव कानुन अनुसारनै हत्यारा कुसुम पौडेललाई जन्मकैद र हदैसम्मको कारबाही गर्ने प्रतिवद्धता ब्यक्त गरे । पीडित परिवारप्रति धैर्यधारण गर्न प्रहरी उपरीक्षक रानामगरको आग्रह थियो ।

सो अवसरमा बोल्दै मृतककी ठूलो वुवा मिनबहादुर बिकले घटनामा पक्राउ परेका कुसुमलाई मुलुकको कानुनअनुसार कारबाही गर्न कास्की प्रहरी प्रमुख ओमबहादुर रानामगरलाई आग्रह गर्दै दुखको वेलामा केभसिटी मिडियाले आर्थिक सहयोग गरेर पुर्‍याएको सहयोग प्रति धन्यवाद प्रकट गरे । उनले छिट्टै नै आफ्नो छोरीको शव बुझी दाहसंस्कार गर्ने समेत वताए । केभसिटी मिडियाका संचालक भिम थापाले गत असोज ८ गते हत्या भएकी श्रेया बिकको परिवारको आर्थिक स्थिति अतिनै दयनीय अवस्थामा रहेको र उनको आमा पनि विरामी भइरहने गरेको थाहा पाएपछि आफूहरुले आयोजना गरेको मिडियाकप भलिवल प्रतियोगितामा दोश्रो स्थान हासिल गरी पाएको पुरस्कारलाई सामाजिक काममा खर्च गर्नुपर्छ भन्ने ठानेर उनकै घरमा पुगेर सहयोग रकम हस्तान्तरण गरिएको वताए । मिडियाको काम समाचार सम्प्रेसण मात्र नभई सामाजिक कामपनि भएकाले आफूले सक्ने सहयोग गर्नुपर्छ भन्ने सन्देश प्रदान गर्नका लागिपनि केभसिटी मिडियाले आगामी दिनमा यस्ता कामलाई निरन्तरता दिने समेत थापाले वताए ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width