१९ दिनपछि खुल्यो बेसीशहर-चामे सडक

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७५

लमजुङ, १४ असोज । हिमालपारीको जिल्ला मनाङ जोड्ने एकमात्र बेसीशहर-चामे सडक १९ दिनपछि सुचारु भएको छ । यद्यपी, जोखिमपूर्ण यात्रा भने ज्यूँका त्यूँ छ । अविरल वर्षाका कारण सडकको विभिन्न स्थानमा पहिरो गएका कारण यातायात अवरुद्ध भएको थियो ।

गत भदौ २७ गतेदेखि अवरुद्ध सडक आइतबारबाट सुचारु भएको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए  । उनका अनुसार सडक सुचारु भएसँगै १९ दिनदेखि टुटेको दुबै जिल्लाको सडक सम्बन्ध पुनः सुचारु भएको छ । बेसीसहर-चामे सडक खुलाउन डिभिजन सडक कार्यालय दमौलीबाट पहल भएको र जनप्रतिनिधी र स्थानीयको सहयोगकै कारण समयमै सडक खुलाउन सकिएको लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । उनका अनुसार लमजुङ र मनाङ जोड्ने एक मात्र बेसीसहर चामे सडक सुचारु भएसँगै पैदलयात्रु र पर्यटकलाई सहज भएको छ ।

अवरुद्ध सडकमा सेवा सञ्चालनका लागि लमजुङको उदीपुरमा रहेको श्रीजङ गणका नेपाली सेनाले विष्फोटक पदार्थ प्रयोग गरी पहिरो हटाउनुका साथै पहरो खोपेर पुनः सडक बनाएको प्रजिअ ढकालले बताए । उनका अनुसार सडकको पुनः निर्माण कार्यमा नेपाली सेनालाई नेपाल प्रहरी, सडक डिभिजन, सांसद, जनप्रतिनिधी, स्थानीय र आसपासका जलविद्युत आयोजनाका कर्मचारीले साथ दिएका थिए । सडक सुचारु भएसँगै आवतजावतमा सहज भएको मनाङ चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए । उनका अनुसार सडक खुल्ोसँगै पर्यटकीय सिजन शुरु भएकाले आन्तरिक तथा बाहृय पर्यटकलाई सहज हुने भएको छ । बेसीसहर-चामे सडक करिब ६५ किमिरहेको छ जसमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी पर्दछ ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width