Worldlink ads

महायज्ञमा १० लाख बढी संकलन

आदर्श समाज सम्वाददाता
असाेज १४, २०७५
mahayagya school photo

हेमजा, १३ असोज । माछापुच्छ्रे गाउँपालिका- ८ स्थित शहीद हरिप्रसाद आधारभूत विद्यालयमा जारी शैक्षिक एवं धार्मिक महोत्सवको दोस्रो दिन शनिवारसम्म १० लाख रुपैयाँ बढी संकलन भएको छ।

जसमा नन्ददेवी गुरुङ परिवारबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ, रुद्रबहादुर रानामगर परिवारबाट ५५ हजार ५ सय ५५, वडाअध्यक्ष कृष्णप्रसाद दवाडीबाट ५१ हजार १ सय ५१, विद्यालयका अध्यक्ष ओमप्रसाद गुरुङ परिवारबाट १ लाख ६ सय ५६, टेकनाथ गौतमबाट ३० हजार ५ सय १०, चित्रबहादुर गुरुङबाट २० हजार ५ सय ५५, इन्द्रकुमारी गुरुङबाट ३० हजार ५०, संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङ्बाट ५१ हजार १ सय ११, कृतिमान गुरुङको परिवारबाट १ लाख, नारायणी गुरुङबाट ३० हजार दान दिएका हुन् ।

त्यसैगरी, खुसीमाया गुरुङ (हाल बेलायत) बाट ५१ हजार ५, नमोबुद्घ तमु समाजबाट ५० हजार ५ सय ५५, थमनसिंह गुरुङबाट ५० हजार १ सय ५, शान्ति आमा समूहबाट ४० हजार २ सय ६० रुपैयाँ दान सहित विभिन्न दाताबाट दान प्राप्त भएको आर्थिक संयोजक बाबुराम पौडेलले जानकारी दिए ।

मूल समारोह समितिका संयोजक ललितमान गुरुङको अध्यक्षतामा शनिवार भएको कार्यक्रममा भागवत् कथा वाचन गर्दै प्रमुख वाचक वाल योगेश्वर महाराज श्रीले भागवत्को महिमा अथाह भएको बताए । उनले भागवत्बाट प्राप्त हुने ज्ञानलाई अमृतसँग तुलना गर्दै मानिसले जस्तो कर्म गर्‍यो सोही अनुसारको फल पाउने चर्चा गरे ।विद्यालयको सर्वाङ्गीण विकासका लागि आर्थिक संकलन जुटाउन शुक्रवारदेखि शुरु महायज्ञ असोज २० सम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

    • आमाको स्मृतिमा बास्तोला परिवारको अक्षयकोष

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पोखरा ११, फूलबारीका रामचन्द्र बास्तोला र कृष्णप्रसाद बास्तोला (राजु) ले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले…
    • विश्व हिन्दू महासंघको पोखरामा महायज्ञ तयारी

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट…
    • पोखरामा खसी बजारमा अनुगमन

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासा आएपछि पोखरा महानगरले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा…
    • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व…
    • मेयर मानबहादुर जिसी पोखरा फर्के

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      पोखरा, २३ असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी झण्डै २ महिनाको उपचारपछि पोखरा फर्केका छन् । उनी शनिबार पोखरा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग