शीतलादेवी सामुदायिक माविमा खुसीयाली

आदर्श समाज सम्वाददाता
असाेज १४, २०७५

पोखरा, १३ असोज। पोखरा महानगरपालिका वडा १२ स्थित शीतलादेवी सामुदायिक मावि राष्ट्रिय शिक्षा पुरस्कार-२०७५ बाट सम्मानित भएकोमा शनिवार खुसीयाली मनाइएको छ।

विद्यालय परिवारले स्थानीय समुदाय, अभिभावक, शिक्षक र विद्यार्थीसँग खुसीयाली मनाएको हो। विद्यालयले बाजागाजा सहित निकालेको र्‍याली विद्यालय क्षेत्र परिक्रमा गरेको थियो।

शीतलादेवी दोस्रो पटक राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित भएको हो। कार्यक्रममा एर्सर्इइ परीक्षामा विद्यालयबाट ४ जिपिए ल्याउन सफल विद्यार्थी अर्चना सापकोटा साथै शीतलादेवी विद्यालयलाई शिलतादेवी आमा समूहले सम्मान गरेका थिए।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संस्कार र संस्कृति अनुसारको शिक्षा आवश्यक भएको बताए। ‘कुनै पनि शिक्षा कामै नलाग्ने भन्ने हुँदैन,’ उनले भने, ‘केही गर्न नसक्नेले शिक्षालाई अवैज्ञानिक र अव्यवहारिक भयो भनेर दोष दिइरहेका छन्।’

शिक्षालाई ड्रि्री र गोल्ड मेडलसँग मात्र जोडेर व्याख्या गरिन नहुने भन्दै कत्तिको समाज उपयोगी र जीवनमुखी छ भनेर ध्यान दिनुपर्ने उनको भनाइ छ। मन्त्री गुरुङले शिक्षा र ज्ञानले नयाँ सोचका साथ समाजलाई अघि बढाउन मद्दत पुर्‍याउने उल्लेख गरे।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख वयानबहादुर क्षत्रीले विद्यालयको स्तरोन्नति र शैक्षिक विकास लागि सहयोग गर्ने बताए।

विद्यालयका शैक्षिक योजना तर्जुमा समितिका संयोजक टीकाराम कोइरालाले विद्यालयले शैक्षिक गुणस्तरलाई प्राथमिकता दिएकाले राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित हुने अवसर पाएको बताए।

कार्यक्रममा विद्यालयका सल्लाहकार डा अनिल सुवेदी, शैक्षिक योजना तर्जुमा समितिका सदस्य प्राडा कृष्ण केसीले बोलेका थिए।

शीतलादेवी सामुदायिक मावि व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक बाबुराम अधिकारीले स्वागत र शिक्षक बोधराज गौतमले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width