सगरमाथामार्ग टोल विकासको साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज १४, २०७५
sagarmatha

पोखरा, १३ असोज । सगरमाथामार्ग टोल विकास संस्था, पोखरा १४, सगरमाथामार्गको पाँचौ वाषिर्क साधारणसभा शनिवार सम्पन्न भएको छ ।

साधारणसभा उद्घाटन गर्दै पोखरा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले संस्थाले सह्राहनीय कार्य गरेको भन्दै अझ प्रगतिको कामना गरे ।

कार्यक्रममा वडा सदस्य जितेन्द्रजंग थापा, संस्थाका विज्ञ सल्लाहकार प्राडा डुकबहादुर क्षेत्री, संस्थाका सल्लाहकार समेत रहेका छोरेपाटन चौकीका इञ्चार्ज प्रहरी नायव निरीक्षक होतबहादुर रोकाहा, आमा समूहतर्फबाट सगरमाथा मार्ग आमा समूह अध्यक्ष जूना नराल क्षेत्री, टोल विकास संस्थातर्फबाट शीतलमार्ग टोल विकास संस्थाका अध्यक्ष भरतराज कार्की, आदर्श समाज दैनिकका सहायक सम्पादक विजय नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष रुपबहादुर थापाले संस्थाको प्रतिवेदन पेस गर्दै भावी योजनाबारे जानकारी दिए । त्यस्तै, सचिव कृष्णप्रसाद बरालले कार्य विवरण प्रतिवेदन र कोषाध्यक्ष पवित्रा पचभैयाले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

सो अवसरमा नर्सरी व्यवसाय गरेका शान्ति भण्डारी र पशुपालन व्यवसाय गरेका प्रेम आले (कुमार) लाई युवाउद्यमी सम्मान प्रदान गरिएको थियो ।

यसअघि संस्थाले आयोजना गरेको स्वास्थ्य शिविरमा प्राविधिक सहयोग पुर्‍याउने टोलीलाई पनि सम्मान गरियो ।

कार्यक्रमबीच सगरमाथा बाटो निर्माण उपभोक्ता समितिले बाटो निर्माणको आयव्यय प्रस्तुत गरेको थियो । सो बाटो करिब १२ लाख रुपैयाँ लागतमा निर्माणसम्पन्न भएको समिति कोषाध्यक्ष क्या.सकबहादुर पुनले जानकारी दिए । संस्थाका अध्यक्ष रुपबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहकोषाध्यक्ष गणेश भारती र संचालन सचिव कृष्णप्रसाद बरालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width