लायन्स पोखरा लामाचौरद्वारा सहयोग

आदर्श समाज सम्वाददाता
असाेज १४, २०७५

पोखरा, १३ असोज। लायन्स क्लब अफ पोखरा लामाचौर र सत्संग परिवारले मावन सेवा आश्रम पोखरालाई खाद्यान्न र खाना पकाउने ग्यास सिलिन्डर सहयोग गरेको छ। सो अवसरमा वृद्धवृद्धाहरुलाई क्लबले एक छाक खानासमेत खुवाएको छ।

क्लब संस्थापक अध्यक्ष सञ्जय लामाले हरेक महिना आश्रमलाई १० बोरा चामल सहयोग गर्ने उद्घोष गरे।

क्लब प्रथम उपाध्यक्ष ज्ञानु लामाको संयोजकत्वमा कार्यक्रम भएको क्लबका सहसचिव सिर्जना रिजाल कार्कीले जानकारी दिइन्।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका चिफ पिआरओ परमेश्वर बरालले क्लबले स्थापनाको छोटो समयमा सामाजिक काम गर्न सफल भएको बताए।

इभ्यालुएसन कमिटी चिफ तीर्थलाल श्रेष्ठ, हङगर रिलिफि कमिटिका चिफ कविराज आचार्य, जोन चियरपर्सन गोविन्द शाही, लायन्स क्लब अफ पोखरा डल्फिनका अध्यक्ष उमेशचन्द्र देवकोटा लगायतले बोलेको सचिव अनिस तामाङले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width