कालिका लघुवित्तको शाखा व्यवस्थापन तालिम

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७५
Kalika Laghubitta Manager Training photo

पोखरा, ११ असोज । कालिका लघुवित्त वित्तीय संस्था लि.ले आफ्ना ६१ जना शाखा प्रबन्धकलाई शाखा व्यवस्थापनको तालिम दिएको छ।

पोखरामा ३ दिनसम्म चलेको सो तालिममा ओम डेभलपमेन्ट बैंकका कर्जा असुली विभागका बुद्धिसागर भण्डारी, निक्षेप तथा कर्जा सुरक्षण कोष पोखरा शाखाका विदुर पराजुली, सहायक प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी तथा आन्तरिक लेखापरीक्षण विभागका निर्मल गौतमले सहजीकरण गरेका थिए।

तालिम उद्घाटन गर्दै संस्थाका संस्थापक अध्यक्ष चन्द्रबहादुर बस्नेतले कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि यसप्रकारका तालिमलाई निरन्तरता दिनुपर्ने बताए ।

कुल ६१ वटा शाखा सञ्जाल विस्तार गरी लघुवित्त सेवा दिइरहेको सो संस्थाले चालु आवमा ९९ वटा शाखा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।

गत आवमा १ सय २० करोड रुपैयाँ’ लगानी रहेको कर्जा चाल आवके अन्त्यसम्म २ सय २० करोड रुपैयाँ लगानी पुर्‍याउने लक्ष्य राखेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहराले बताए।

नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको मान्यता प्राप्त भइसकेपछि देशभर सेवा विस्तार गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत बोहराले बताए।

कार्यक्रममा  संस्थाका सञ्चालक बासुदेव पौडेल, केन्द्रिय कार्यालयका सूचना प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठ, प्रशासन विभागका भेषराज गैह्रे, लेखा विभागका अस्मिता शर्मा, कर्जा विभागका प्रकाशबहादुर बोगटी लगायतको सहभागिता थियो।

Related News

सम्बन्धित समाचार

hero news full width