स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनमा योगी

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७५

पोखरा, १२ असोज। नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन गण्डकी प्रदेश अध्यक्षमा गोविन्द योगी चयन भएका छन्।

युनियनको पोखरामा सम्पन्न प्रथम अधिवेशनबाट हिमालय आँखा अस्पताल पोखरामा कार्यरत योगी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।युनियन उपाध्यक्षमा पद्म नर्सिङ होम पोखराका कालिदास शर्मा, सचिवमा लमजुङ सामुदायिक अस्पतालका गनेस गुरुङ, कोषाध्यक्षमा लमजुङकै प्रतिमा राई र उपसचिवमा मनिपाल अस्पताल पोखराका पुण्यप्रसाद पौडेल चयन भए। सदस्य तनहुँका प्रभात अधिकारी र देवीभक्त राना निर्वाचित भए । अन्य जिल्ला समेटेर बाँकी चार सदस्यपछि मनोनीत गरिने युनियनले जनाएको छ।

गण्डकी प्रदेश सांसद एवं जिफण्ट महिला विभाग प्रमुख मीना गुरुङले कार्यक्रम उद्घाटन गर्दै आफ्नो हक र अधिकारका लागि संगठित हुन जरुरी रहेको बताइन् । उनले स्वास्थ्य क्षेत्र आफैमा संवेदनशील क्षेत्र भएकोले पेशागत सुरक्षाको लागि पनि युनियनको आवश्यकता रहेकोमा जोड दिइन्।नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष चन्द्र थापाले नयाँ संरचना अनुसार आफूहरुले पनि संगठन विस्तार गर्दै लगेको भन्दै सातवाटै प्रदेशमा प्रदेश कमिटीहरु निर्माणमा अगाडि बढेको बताए।

युनियनका केन्द्रिय महासचिव कमला लुइँटेल कुइँकेलले स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको हक र हितका लागि युनियन सधैँ अग्रस्थानमा रहने बताए ।

स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन गण्डकी प्रदेश इञ्चार्ज एवं केन्द्रिय सदस्य राजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिफन्ट गण्डकी प्रदेशका उपसचिव संगीता पाण्डे, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पतालका अध्यक्ष सुवास नेपाल लगायत बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width