पोखरा, ११ असोज । पदमार्ग क्षेत्रको सिण्डिकेटविरुद्ध ट्रेकिङ गाइड आन्दोलित बनेका छन्। अन्नपूर्ण क्षेत्र, मनास्लु र मनाङका पदमार्गहरुमा ट्रेकिङ गाइड लगायत पदमार्ग मजदूरहरुमाथि थोपरिएको सिण्डिकेटविरुद्ध आफूहरु आन्दोलित बनेको पोखरामा विहीबार आयोजित पत्रकार सम्मेलनमा मजदूरहरुले बताए ।
अन्नपूर्ण-११ टाडापानी, मनास्लु र मनाङको पदमार्ग तथा त्यस क्षेत्रको आसपासका होटल व्यवसायीहरुको मिलेमतोमा गाउँका स्थानीय युवा क्लबहरुले पदमार्ग मजदूरहरुसँग खानाको पैसा उठाएको भन्दै आफूहरु आन्दोलित बनेको उनीहरुले जनाए ।
नेपाल ट्रेकिङ-ट्राभल्स-र्याफ्टिङ-एअरलाइन्स पुरातात्विक-संस्कृति, कागो, कुरियर कर्मचारी मजदूर युनियन (युनिट्राभ) र अखिल नेपाल पर्यटन मजदूर संघ नेपालले विहीबार संयुक्त पत्रकार सम्मेलन आयोजना गरी उक्त कुराको जानकारी गराएको हो ।
टाडापानी देउराली कोरुङ र मनास्लु क्षेत्रमा असोज १ गतेबाट लागू हुने गरी खानाको रकम एकमुष्ठ रुपमा उठाउने र कुपन दिएरमात्र खाना खुवाउने गरी स्थानीय युवा क्लबहरुले कुपन बेच्न शुरु गरेको पदमार्ग श्रमिकहरुले बताए ।
अन्नपूर्णको भैंसीखर्क, देउराली र चुहिनेलगायतका फरक फरक ठाउँहरुमा पदमार्गमा लागेका ट्रेकिङ गाइड र श्रमिकहरुबाट प्रतिब्यक्ति लञ्च तथा डिनरका लागि भनि प्रतिछाक १ सय ५० रुपैयाँ तोकेको युनिट्राभका गण्डकी प्रदेश अध्यक्ष विजय केसीले बताए । त्यस्तै, मनास्लु क्षेत्रको पदमार्गमा हिँडेका ट्रेकिङ गाइड तथा श्रमिकहरुबाट गोरखाको जगत भन्ने चेक प्वाइन्टमा प्रतिव्यक्ति लञ्च, डिनर दुबैका लागि २ सय रुपैयाँ खानाको कुपन किन्नुपर्ने बाध्यता रहेको केसी बताउँछन् । केसीले मनास्लु क्षेत्रको पदमार्ग ७ दिनसम्म लाग्ने गरेको बताए । यसरी ७ दिनको १४ छाक खानाको पदमार्ग श्रमिकहरुले २८ सय तिर्नुपर्ने केसीले उल्लेख गरे ।
त्यसैगरी, मनाङको चामे, ताल, धारापानी, टंकी र खाङ्सारसम्मको पदमार्ग २ देखि ३ दिनसम्म लाग्ने र उक्त पदमार्गमा लागेका ट्रकिङ गाइडलगायत श्रमिकहरुले १ सय ५० तिर्नुपर्ने बाध्यात्मक स्थिति बनाएको पदमार्ग मजदूरहरुले बताउँदै आएका छन् ।
विगतदेखि नै मर्दी हिमाल रुट र अन्नपूर्ण सर्किट अन्तरगत मनाङबाट तिलिचो पास थोरङ्लासम्मको रकम एकमुष्ठ उठाउँदै आएकोबारे सरोकारवाला संघसंस्था सबैलाई ध्यानाकर्षण गराएको मजदूरहरु बताउँछन् ।
सिर्जित समस्या समाधान गर्न यसअघि ध्यानाकर्षणपत्र बुझाएकोमा हालसम्म टान, पोखरालगायत जिम्मेवार निकायहरुबाट कुनै चासो नदेखाइएको मजदूरहरुले बताए । अन्नपूर्ण क्षेत्रअन्तर्गत टाडापानी, मनास्लु क्षेत्र र मनाङका विभिन्न क्षेत्रहरुमा मजदूरहरुले खाना खानुभन्दा पहिले नै २ देखि ७ दिनसम्मको लञ्च तथा डिनरको कुपन तिर्नुपर्ने र कुपन देखाएरमात्र खाना खान पाउने व्यवस्था तत्काल हटाउनुपर्ने माग मजदूरहरुको छ । यस्ता गतिविधिलाई तत्काल रोकेर खाना खाइसकेपछि होटलको काउण्टरमा तोकिएको न्यूनतम रकम बुझाउने व्यवस्था गर्नुपर्ने मजदूरहरुले माग राखेका छन् ।
२०७३ सालमा मजदूरहरुले गरेको आन्दोलनपछि टान, पोखराको पहलमा नेपाल सरकारको प्रतिनिधिसहित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र सेञ्चुरी पर्यटन व्यवसाय समिति तथा पर्यटन मजदूरहरुबीच भएको सहमति पूर्ण रुपमा लागू गर्न मजदूरहरुको माग छ ।
माग सम्बोधन नभए असोज १५ गतेबाट पदयात्रामा कुनै पनि मजदूर नजाने, पदयात्रा गतिविधिमा रोक लगाउने र सरोकारवाला संघसंस्थाहरुमा आफ्ना माग र आन्दोलनबारे पत्राचार गर्ने कार्यक्रम छ ।
असोजको १७ गतेसम्म पनि मागको कुनै सम्बोधन नभए, पदयात्रा गतिविधिलाई जारी राखेमा टानको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने र पदयात्रामा निस्किएका मजदूरहरुलाई बाटोबाटै फिर्ता गर्ने कार्यक्रम छ ।
यस्तै, २२ गतेसम्म पनि नभए अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको कार्यलयको पर्मिट काउण्टरमा तालाबन्दी गर्ने र विदेशी पर्यटकहरुलाई समेत पदयात्रा गतिविधिमा रोक लगाउने चेतावनी छ ।
Related News
सम्बन्धित समाचार
दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता
युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण
रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता
वन्यजन्तु सप्ताहमा चरा अवलोकन
hero news full width
मुख्य समाचार
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१