महानगरका बालबालिका शिक्षाबाट पछि पर्दैनन् : गुरुङ

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७५
hemja school progrem photo

हेमजा, १० असोज। पोखरा महानगरपालिकाका कावा प्रमुख मञ्जुदेवी गुरुङले विकासको पहिलो सूचक शिक्षा भएको औल्याउँदै महानगर क्षेत्रभित्रका बालबालिका विद्यालय शिक्षाबाट टाढा बस्नु नपर्ने बताएकी छन्।

पोखरा-२५, हेमजाका ५ वर्षदेखि १२ वर्ष उमेर समूहका सम्पूर्ण बालबालिकाहरु विद्यालय भर्ना भएको घोषणासभा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन्।

उनले विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गर्नु ठूलो कुरा भएको चर्चा गर्दै ती बालबालिकालाई विद्यालयमा टिकाउने र केही कुरा सिकाउने वातावरण तयार गर्न विद्यालय प्रशासन तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिइन्।

आफूहरुले पोखरालाई उत्कृष्ट महानगर बनाउन लागिपरेको दाबी गर्दै  उनले बालबालिकाको समय शिक्षा आर्जन गर्ने भएको पनि औैल्याइन् । गुरुङले बालबालिकालाई अनुशासित, मेहनती र धैर्यवान बन्न आग्रह गर्दै कार्यक्रममा प्रत्यक्ष अभिभावकको सहभागिता नपाइएकोमा गुनासो पनि गरिन्। महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यले विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न बालमैत्री कक्षाकोठा निर्माणमा जोड दिए।उनले शैक्षिक गुणस्तर उच्च हुनुपर्ने भन्दै गुणस्तरमा सम्झौता नहुने पनि जनाए।

विद्यालय निरीक्षक वसन्तराज पौडेलले हेमजामा पछिल्लो समय विद्यालय बाहिर रहेका कुल १४ जना विद्यार्थी भर्ना भएसँगै कार्यक्रम आयोजना गरिएको प्रष्ट पारे। हेमजामा बसाइँसराइ गरी आउने परिवारको संख्या अधिक रहेको भन्दै पौडेलले त्यसले कार्यक्रममा चुनौती थपिरहने पनि जनाएका छन्।

गौरीशंकर माविका प्रधानाध्यापक अम्वरबहादुर कुँवरले विद्यार्थी नियमित विद्यालय आउने वातावरण निर्माण गर्न सरोकारवाला सबै चनाखो बन्नुपर्ने बताए।

विष्णुपादुका माविका अध्यक्ष दुर्गा पौडेलले सबै अवस्थाका बालबालिका विद्यालय शिक्षाको पहुँचमा हुनु राम्रो पक्ष भए पनि नारामा मात्रै सीमित नगरी दिगो हिसाबले व्यवस्थापन गरिनुपर्ने आवश्यकता औँल्याए। समाजसेवी मधुसुदन त्रिपाठीले बालबालिकालाई सकभर विद्यालय शिक्षा दिनुपर्ने यदि सो नभए अनौपचारिक शिक्षा दिएरै भएपनि साक्षर बनाउनुपर्ने तर्क गरे।

सो अवसरमा सामुदायिक सिकाइ केन्द्र हेमजाकी सामाजिक परिचालक गंगा त्रिपाठीले सचेतनामूलक गीत प्रस्तुत गरेकी थिइन्।

उक्त कार्यक्रम पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको आयोजनामा भएको हो। जसमा वडा कार्यालयले संयोजन तथा सामुदायिक सिकाइ केन्द्रले सघाएका थिए।

वडाध्यक्ष शोभाकर तिम्सिनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सामुदायिक सिकाइ केन्द्र हेमजाका अध्यक्ष कृष्णबहादुर कुँवरले स्वागत तथा स्रोतव्यक्ति भीमराज शर्मा पौडेलले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • स्पोर्टस् अवार्डलाई लगातार सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ । सेनानी हेमबहादुर पुनको स्मृतिमा…
  • डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन,…
  • दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल…
  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…

hero news full width