विधान संशोधन गर्न काँग्रेसको सुझाव संकलन

निर्वाचन हारे पनि पार्टीका आकर्षण बढ्दै : डा कोइराला

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७५

पोखरा, ९ असोज । नेपाली काँग्रेसले संघीय संरचना अनुसार पार्टीको विधान बनाउन तयारी शुरु गरेको छ । विधान संशोधनका लागि काँग्रेसले देशभर सुझाव संकलन गरिरहेको छ ।

सात वटै प्रदेशमा प्रदेशस्तरीय भेला गरी सुझाव संकलन तीव्र पारिएको हो ।  सुझाव संकलनका लागि पोखरामा मंगलबारदेखि भेला शुरु भएको छ ।

कास्की र बागलुङमा गण्डकी प्रदेशस्तरीय भेलामा गर्ने निर्णय अनुसार मंगलबारदेखि पोखरामा शुरु भएको हो । बागलुङमा असोज १२ देखि शुरु हुँदैछ ।

पोखरामा चल्ने दुर्इ दिने भेलामा सात जिल्लाका महाधिवेशन प्रतिनिधि, यस प्रदेशका केन्द्रीय सदस्य, सांसद र भातृ संस्थाका प्रतिनिधि सहभागी छन् ।

कास्की काँग्रेसको व्यवस्थापनमा भएको भेलामा पाँच वटा समूह बनाएर प्रस्तावित मस्यौदामाथि छलफल गरी विधानमा समेट्नु पर्ने विषयमा सुझाव संकलन गरिने छ । जिल्ला/जिल्लाबाट ल्याइएका सुझाव समेत भेलामा छलफल गरिने जनाइएको छ ।

भेला उद्घाटन गर्दै नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीका संस्थापक वीपी कोइरालाले लेखेको विद्यान संशोधन गर्न लागिएको बताए ।

‘पार्टीको जीवनका लागि यो ऐतिहासिक कालखण्ड हो,’ महामन्त्री कोइरालाले भने, ‘आफूमाथि ठूलो जिम्मेवारी रहेको सम्झेर विद्यान संशोधनका लागि सुझाव दिन जरुरी छ ।’

उनले पार्टीको हितलाई ध्यानमा राखेर कसरी पार्टीकाई संगठित र सुदृढ बनाउने भनेर विधान संशोधन गर्नुपर्नेमा जोड दिए । महामन्त्री कोइरालाले निर्वाचनमा पार्टीले दुर्दशा भोगे पनि पछिल्लो समय भने पार्टी्रतिको आकर्षण बढेको दाबी गरे ।

विधान संशोधन मस्यौदा समिति सदस्य अमर पुनले व्यक्तिका लागि नभई काँग्रेसको हितमा हुने गरी विधान संशोधन गर्नुपर्ने बताए । सबै नेपालीको आकर्षण हुने गरी विधान संशोधनमा ध्यान दिइने उनको भनाइ छ ।

विधान संशोधन मस्यौदा समिति गण्डकी प्रदेश संयोजक फर्मुला मन्सुरको अध्यक्षतामा भएको कार्यक्रममा कास्की काँग्रेसका सभापति कृष्ण केसीले स्वागत र मस्यौदा समितिका सदस्य कृष्ण रिजालले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • एकीकृत समाजवादीका डेढ सय कार्यकर्ता एमाले प्रवेश

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा, २२ भदौ । नेकपा (एकीकृत समाजवादी) का प्रदेश तथा जिल्ला तहका पदाधिकारीसहित १ सय ५५ जना कार्यकर्ता नेकपा (एमाले)…
  • कांग्रेसमा सदस्यता दिन छलफल

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा । नेपाली कांग्रेस कास्कीले जिल्लाका ७२ वटै वडाबाट पार्टीका क्रियाशील सदस्यलाई क्रियाशील सदस्यताको प्रमाणपत्र वितरण गर्ने भएपछि सबै वडामा…
  • एमालेको लक्ष्य : ०८४ मा पहिलो पार्टी बन्ने कार्ययोजना

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी २०८४ को चुनावमा एकल बहुमतको सरकार बनाउने लक्ष्य लिएको छ । पार्टीको…
  • गण्डकीमा एमालेका ४ मन्त्रीले लिए शपथ

    आदर्श समाज सम्वाददाता भाद्र १७, २०८१
    पोखरा । गण्डकी प्रदेशमा नेकपा एमालेबाट ४ जना मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कास्कीका प्रकाशबहादुर केसी, नवलपुरकी पद्मा…
  • गण्डकीमा एमालेले टुंगायो ४ मन्त्री

    आदर्श समाज सम्वाददाता भाद्र १७, २०८१
    पोखरा । गण्डकी प्रदेशमा सोमबार मन्त्रिपरिषद् बिस्तारको तयारी गरिएको छ । एमालेलाई सरकारमा ल्याउन आइतबारको मन्त्रिपरिषद् बैठकले २ मन्त्रालय फुटाएर…

hero news full width