Worldlink ads

पुम्दीमा बालिका मृत फेला

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७५

पोखरा/पोखरा वडा- २२, भुम्दीभुम्दीमा एक बालिका मंगलबार मृत भेटिएकी छिन् । सोमबारदेखि हराएकी १० वषे श्रीया सुनार पुम्दीभुम्दीको कोदीस्थित घर नजिकै मृत भेटिएकी हुन् ।

मंगलबार स्थानीय शव देखेपछि प्रहरीलाई खबर गरेकोमा वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले पोष्टमार्टमका लागि पश्चिामाञ्चल क्षेत्रीय अस्पताल शव पठाएको थियो । डा. मदन बरालसहितको पाँच जनाको टिमले  पोष्टमार्टम रिपोर्ट तयार पारिसकेको र बुधबार कास्की प्रहरीलाई बुझाइने जनाएको छ ।

‘बिस्कुट किन्न जान्छु भनी घरबाट पसलतिर गएकी श्रेया घर नफर्केपछि उनको खोजी भएको थियो । शव झाडीमा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी स्थानीय लीला आधारभूत विद्यालयमा कक्षा ३ पढ्थिन् ।

उनको मृत्युको कारण भने खुल्न सकेको छैन । शवको छेउमै रगत लागेको ढुंगा भेटिनुको साथै बालिकाको कपडा खोलिएको थियो ।

Related News

सम्बन्धित समाचार

    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…
    • किन देखिन्छन् समाजमा यौन विकृति ?

      रामप्रसाद सुवेदी कार्तिक ६, २०७८
      अहिले नेपाली समाजमा घटेका अनेक घटनाले सामाजिक सञ्जाल भरिएको पाइन्छ । त्यसको मात्रा हेर्ने हो भने धेरै यौनजन्य क्रियाकलामा जोडिएका…
    • आत्महत्याविरुद्ध पत्रकारलाई अभिमुखीकरण

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      लमजुङ । लमजुङमा कार्यरत पत्रकारका लागि आत्महत्याविरुद्ध अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा कोशिस नेपालको सहयोगमा आयोजित अभिमुखीकरण…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग