Worldlink ads

उन्नति सहकारीको अध्यक्षमा रानाभाट

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७५
Unnati AGM 3

पोखरा, ९ असोज । पोखरा वडा ९ मा रहेको उन्नति बचत तथा ऋण सहकारी संस्था लि. र वडा ३१ मा रहेको प्रतिज्ञा सहकारी संस्थाबीच एकीकरण भएको छ ।

एकीकरणपछि उन्नति बचत तथा ऋण सहकारी संस्था लि.को नाउँबाट एकीकृत कारोबार संचालन गर्नेसम्बन्धी विशेष प्रस्तावलाई उन्नति बचत तथा ऋण सहकारीको १० औँ साधारणसभाले पारित गरेको संस्थाका महाप्रबन्धक भगवान् भट्टराईले जानकारी दिए ।

यसैबीच, उन्नति बचत तथा ऋण सहकारीको १० औँ साधारणसभाले राजेश रानाभाटको अध्यक्षतामा सात सदस्यीय संचालक समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । संस्थाको उपाध्यक्षमा लेखनाथ अर्याल, सचिवमा रेवतीमणी भण्डारी र कोषाध्यक्षमा प्रमोद थापा रहेका छन् । त्यस्तै, सदस्यमा विनोद पोटे, राजेश शर्मा र वैकुण्ठ बराल छन् । लेखा समिति संयोजकमा बिमल लम्साल, सदस्यमा युवराज शर्मा र ध्रु्रवराज सुवेदी निर्विरोध निर्वाचित भए । साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखा प्रमुख बद्रीनाथ अधिकारीले सहकारी संस्थाहरु मर्जरमा जाँदा सदस्यको लागि समेत फाइदा हुने बताए ।

सहकारी संस्था एकीकरण भएमा संस्था बलियो हुनेर लगानीको पर्याप्त अवसर सिर्जना हुने उनको भनाइ थियो ।

नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का संचालक चण्डीप्रसाद शर्मा पौडेलले सहकारी सेयर सदस्यले आफ्नै संस्थामा मात्र बचत तथा ऋण कारोबार गर्नुपर्ने बताए ।

सहकारीका अध्यक्ष पदमबन्धु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि.का प्रतिनिधि मनप्रसाद ढकाल, वडा ९ का वडासदस्य राममाया मानन्धर, उपाध्यक्ष राजेश रानाभाट, सचिव लेखनाथ अर्याल, शिक्षा समिति संयोजक रेवतीरमण भण्डारी लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

    • छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      रामपुर । रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले…
    • मनकामना केबुलकार सञ्चालनमा   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      मुग्लिन । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द…
    • लामो झोलुङ्गे पुलले फेरिएको अदुवाबारी   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      गलकोट । अन्नबाली हुने स्थानमा बाँदरको बिगबिगीले बाँझो बनेको अदुवाबारी अहिले पर्यटकीय केन्द्र बनेको छ । केही वर्षअगाडिसम्म पर्वतको कुश्मा…
    • तनहुँ जलविद्युत् आयोजनाको काममा तिव्रता   

      आदर्श समाज सम्वाददाता असाेज २९, २०७८
      दमौली ।  एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैंमा पनि कामलाई निरन्तरता दिएको छ । आयोजनाको तीन वटै…
    • ‘सामूहिक लगानीमा व्यवसाय गर्नुस्’

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । दसैं र तिहारको उपलक्ष्यमा पोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा पोखरा चेम्बरअन्तर्गत…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग