Worldlink ads

पोखरामा एकीकृत सम्पत्ति कर घट्यो

घरनक्सा महानगरले बनाइदिने

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७५

पोखरा, ८ असोज। पोखरा महानगरपालिकाले एकीकृत सम्पत्ति करमा १० प्रतिशत कर घटाउने निर्णय गरेको छ। सोमबार बसेको कार्यपालिका बैठकले हाल लिइरहेको करको दरमा १० प्रतिशत घटाउने निर्णय गरेको हो।

योसँगै पुस मसान्तसम्म कर बुझाउने करदाताले अब २० प्रतिशत छुट पाउनेछन्। यसअघि उनीहरुले १० प्रतिशतमात्रै छुट पाउँदै आएका थिए। त्यसपछि पनि वर्षैभरी १० प्रतिशत कर छुट हुने महानगरले जनाएको छ। कृषियोग्य जमिनमा चाहीँ ३० प्रतिशत कर घटाउने निर्णय भएको सुझाव संकलन समिति संयोजक तथा उपमेयर मञ्जुदेवी गुरुङले जानकारी दिइन्। यसअघि बसेको समितिको बैठकले प्रतिशतका आधारमा कर घटाउन कार्यपालिकालाई सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा निर्णय गरिएको मेयर मानबहादुर जिसीले जानकारी दिए। उनका अनुसार हालसम्म कर तिरिसकेका करदातालाई आगामी वर्ष कर तिर्दा समायोजन गरिनेछ। तर काँग्रेसतर्फका केही वडाध्यक्षहरुले चाहीँ करको दर वैज्ञानिक नभएको भन्दै विरोध जनाएका छन्। उनीहरुले प्रतिशतका आधारमा कर घटाएर सेवाग्राहीले कर घटेको महसुस गर्न नपाउने उल्लेख गर्दै विज्ञको सल्लाहमा वैज्ञानिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्।

पोखरा वडा ४ का अध्यक्ष तथा समितिका सदस्य समेत रहेका शंकर बास्तोलाले एकतर्फी रुपमा निर्णय गरेर कर घटाउँदैमा आफूहरुले त्यसलाई स्वीकार नगर्ने बताए। उनले महानगरको निर्णयविरुद्ध ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिएका छन्। ‘महानगरले एकीकृत सम्पत्ति कर लिने अधिकार छैन। सम्पत्ति कर र मालपोत तथा भूमि कर लिने व्यवस्था कानूनमा छ,’ उनले भने, ‘हामी कानूनविपरित गैरहेका छौं। यसलाई नसच्याएसम्म मेरो सहमति छैन।’

यसैबीच, पोखराका नगरबासीलाई अब केही सहुलियत हुने भएको छ। पोखरा महानगरले आफ्नो क्षेत्रभित्रका सेवाग्राहीलाई आफैले घरको नक्सा बनाइदिने भएको छ। यसअघि पचासौं हजार रुपैयाँ तिरेर कन्सल्टेन्सीमा नक्सा बनाउन बाध्य घरधनीले सहुलियतमा सेवा लिन पाउने भएका छन्। घरको नक्सा बनाउँदा भुइँतलाको ५ हजार रुपैयाँ लिइने महानगरले जनाएको छ। त्यसपछिका तलामा प्रतितला ३ हजारका दरले शुल्क लिइनेछ। सोमबारको कार्यपालिका बैठकले कार्यालयमै कर्मचारी व्यवस्थापन गरेर नक्सा बनाउने काम गर्न निर्णय गरेको हो। यसका लागि नक्सापास तथा डिजाईन निर्देशिका पारित गरिएको छ।

छाडा चौपायाँ व्यवस्थित गर्न समिति

पोखरामा दिनहुँ बढिरहेको छाडा चौपायाँ व्यवस्थापनका लागि महानगरले चासो देखाएको छ। यसअघि विभिन्न योजना ल्याए पनि व्यवस्थित हुन सकेको छैन। यसका लागि महानगरले विशेष समिति नै गठन गरेको छ। पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा ८ सदस्यीय समिति गठन भएको हो। समितिको सदस्यमा वडा ६, ७, ८, १५, २१, २२ र ३३ का वडाध्यक्षहरु छन्। महानगरले पोखरा १७ को लुमन्ति परियोजना नजिकै छाडा चौपायाँ थुपार्ने तयारी गरेको छ। करिब ७ सय रोपनी जग्गा खाली रहेकोले सोही जग्गामा छाडा चौपायालाई राखिने महानगरका मेयर मानबहादुर जिसीले जानकारी दिए।

समितिका संयोजक तीर्थ अधिकारीले दसैंअगाडि नै पूर्वाधार तयार गरिसक्ने बताएका छन्। ‘जतिसक्दो छिटो गोठ बनाउने र चौपायाँ राख्ने हाम्रो तयारी छ। सम्भवतः दशैंअगाडि गोठ बनाइसक्छौं। त्यसपछि चौपायाँ राख्न शुरु हुन्छ,’ उनले भने, ‘चौपायाँलाई एक ठाउँमा राखेर फार्मिङ गर्ने हाम्रो योजना छ। अर्गानिक खेती गर्ने सोच छ। पशुवस्तुको अधिकतम उपयोग पनि गर्नेछौं।’ केहीदिनमै बैठक बसेर खाका तयार हुने उनले जानकारी दिए। कार्यपालिका बैठकले पृथ्वीचोकमा रहेको सस्तो बजारलाई जरिवाना लिने निर्णय गरेको छ। मापदण्डविपरीत संरचना निर्माण गरेकोले कानूनी दायरामा ल्याउने निर्णय गरिएको हो। बैठकले सहकारी व्यवस्थापन समितिको गठन गर्ने निर्णय गरेको छ भने सहकारी संस्था दर्ता गर्ने अधिकारी तोकिएको छ। महानगरमा उपसचिव गंगालाल सुवेदीले सहकारी दर्ता गर्नेछन्। यस्तै, शिक्षा परिषद् तथा समितिमा सदस्य मनोनयन पनि अको बैठकमा गर्ने गरी निर्णय भएको छ। बैठकले कृषि सञ्जाल कार्यान्वयन कार्यविधि पनि पारित भएको छ। महानगरले भेंडा च्याङग्राको बिटौरी कर संकलन गर्ने निर्णय गरेको छ। विज्ञले तयार गरेको पोखरा महानगरपालिकाको भवन तथा पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड विषयमा कार्यपालिका सदस्यहरुसँग सुझाव मागिएको छ। अको बैठकमा सुझाव पेस गर्ने गरी मापदण्ड सदस्यलाई वितरण गरिएको छ।

Related News

सम्बन्धित समाचार

    • कोरोनाले लोककवि अलिमियाँ फुटबल प्रतियोगिता स्थगित

      आदर्श समाज सम्वाददाता माघ १, २०७८
      पोखरा । कोरोना महामारीको प्रभावका कारण तेस्रो लोककवि अलिमियाँ स्मृति खुला सेभेन ए साइड फुटबल प्रतियोगिता स्थगित भएको छ। आयोजक…
    • ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      हेमजा । पोखरा हेमजा निवासी ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण गरिएको छ । वडास्तरीय ज्येष्ठ नागरिक समितिले विशेष भेलाको आयोजना गरी…
    • प्रहरीद्वारा मास्क वितरण

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । पोखराको तुल्सीघाटस्थित अस्थायी प्रहरी बिटका प्रहरी तथा समाजसेवीको सहयोगमा १ हजार ५ सय मास्क वितरण गरिएको छ ।…
    • महिला उद्यमी संघको साक्षरता

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । महिला उद्यमी संघ नेपाल कास्कीले सातौं साधारण सभा अवसरमा कानुनी एवं बैंकिङ साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा…
    • पेन्सन वितरण कार्यालयमा रक्तदान

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । भारतको ७५ औं स्वतन्त्रता दिवस सन्दर्भमा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय, पोखराले सोमबार रक्तदान एवं निशुल्क स्वास्थ्य शिविर…

    hero news full width