किरण खड्का स्मृति सेभेन ए साइड जारी

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७५

पोखरा, ८ असोज। शीतलज्योति युवा क्लबद्वारा अमरसिंह माविको खेलमैदानमा जारी दोश्रो स्व. किरण खडका स्मृति सेभेन ए साइड फुटबल प्रतियोगितामा आदर्श युवा क्लब, काजीपोखरी, एलजी एशोसिएसन, एम-१२, मिलन टोल र चैट-चैट- चैट क्लब विजयी भएका छन्।

सोमबारको खेलमा आदर्शले विष्णुपादुकालाई ३-० गोलले पाखा लगायो। आदर्शको जितमा अर्जुन राना मगरले २ र सञ्जीव गुरुङले १ गोल गरे।

काजीपोखरीले भीमकाली युवा क्लबलाई २-१ गोलअन्तरमा पराजित गर्दा मिलन गुरुङ र कृष्ण गुरुङले १/१ गोलको योगदान दिए । भीमकालीबाट अविश गुरुङले गोल फर्काएका थिए। अको खेलमा एलजी एशोसिएसनले ढुंगेसाँघु एफसीलाई २-० ले पाखा लगाउँदा रमेश मगर र सुलेमान मगरले गोल गरे।

एम-१२ क्लबले चापापानीलाई २-१ गोलले हरायो ।  सञ्जय जलारी र अबिनाष तामाङले समान गोल गरे भने चापापानीका विधान कार्कीले गोल गरे।

यस्तै, मिलन टोलले आयोजकलाई इन्द्र दुराको १ मात्र गोलको योगदानमा १-० गोलअन्तरले पराजित गर्‍यो भने चैट-चैट- चैट क्लबले नेपाल मुस्लिमलाई ३-० गोलले हरायो । जितमा खेम गुरुङ, विश्व थापा र तोरण गुरुङले गोल गरे।

‘समाज निर्माण आजका युवा र खेलकुद’ उद्घोषका शनिबारदेखि शुरु प्रतियोगिता असोज १२ सम्म चल्नेछ । विजेताले १ लाख ५० हजार, उपविजेताले ८० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजक संस्थाका अध्यक्ष सन्तोष गुरुङले बताए।

उत्कृष्ट खेलाडीलाई माउण्टेन वाइक प्रदान गरिनेछ भने विधागत पुरस्कारमा जनही ५ हजार रुपैयाँ दिइनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजक माटेपानी-१२ हङकङ परिवार र माटेपानी यूथ एशोसियसन यूके हो ।

क्लबका पूर्व खेलाडी किरण खड्काको स्मृतिमा उनको परिवारजनबाट ५ लाखको अक्षयकोष स्थापना गरी हरेक वर्ष प्रतियोगिता आयोजना हुने गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width