Worldlink ads

मिस कल्चरको ट्यालेन्ट राउण्ड

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७५
miss

पोखरा, ८ असोज। पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिद्वारा आयोजित पाँचौ मिस कल्चर नेपाल-२०१८ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ।

कार्यक्रममा उत्कृष्ट १९ जना प्रतिस्पर्धीहरूले आ-आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए।

प्रमुख अतिथि पोखरा महानगरपालिका वडा ९ का वडाध्यक्ष रामराज लामिछानेले यस्ता कार्यक्रमले समाजको गरिमा बढाउनुको साथै पर्यटकीय नगरी पोखरालाई छुट्टै पहिचान दिने बताउँदै महानगरले पनि साथ दिने प्रतिबद्धता प्रकट गरे।

एप्पल इन्टरनेशनल एजुकेशनको टाइटल स्पोन्सर र सिजी ब्रुअरीको मुख्य प्रायोजनामा हुन लागेको उक्त कार्यक्रमको फाइनल असोज १३ मा हुने कार्यक्रम संयोजक ज्ञानु तामाङले बताइन्।

कार्यक्रममा सिजी ब्रुअरी नेपालका रिजनल सेल्स म्यानेजर सुबोध रिसाल, सिजी फुड्स नेपालका रिजनल सेल्स म्यानेजर गोविन्द शर्मा, एप्पल इन्टरनेशलन एजुकेशनका प्रमुख रुद्र गिरी लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए।

नारीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने, व्यक्तित्व तथा नेतृत्व विकास गर्ने, लोपोन्मुख संस्कृति जर्गेना गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएकोले पुष्पाञ्जलीका अध्यक्ष शोभा गौतमले जानकारी दिइन्।

बिजेताले भिजी अटो मोवाईले प्रदान गर्ने सुजुकी स्कूटर र उपविजेताले सिजी ब्राण्डको टिभी प्राप्त गर्ने छ । ट्यालेन्ट राउण्ड निर्णयकमा चलचित्रकर्मी तथा नृत्य निर्देशक राहुल थापामगर, नृत्य निर्देशक श्याम सिंह, मोडल गीता जिसी थिए ।  कार्यक्रम संचालन पुष्पाञ्जलीका मार्केटिङ म्यानेजर दिनेश शर्माले गरेका थिए भने संयोजक ज्ञानु तामाङले धन्यवाद ज्ञापन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

    • दीपक समीपकाे मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ लोकार्पण

      आदर्श समाज सम्वाददाता माघ २, २०७८
      पोखरा । साहित्यकार दीपक समीपको मुक्तक सञ्चयन ‘अक्षर अक्षरमा देश’ शनिबार लोकार्पण गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा…
    • गण्डकीका लोकसंस्कृति अनुसन्धान पहल

      आदर्श समाज सम्वाददाता पौष ३०, २०७८
      पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रदेशभित्रका विभिन्न १५ समुदायका लोकनृत्य र लोकबाजाबारे खोज–अनुसन्धान कार्य अगाडि बढाएको छ । प्रतिष्ठानले थकाली, थारु,…
    • लेखनाथ जन्मस्थलमा सम्मानै सम्मान

      आदर्श समाज सम्वाददाता पौष १५, २०७८
      पोखरा । कविशिरोमणि लेखनाथ पौडेलको जन्मजयन्ती उनकै जन्मस्थल अर्घाै अर्चलेमा विशेष समारोह गरी बिहीबार मनाइएको छ । समारोहमा कवि शिरोमणि…
    • एलबीका कवितामा रमे कविता पारखी

      आदर्श समाज सम्वाददाता पौष ११, २०७८
      पुस । कविताप्रेमी स्रष्टा अग्रज साहित्यकार एलबी क्षेत्रीका कवितावाचनमा कविता पारखी रमेका छन् । पुसको चिसो मौसममा पनि क्षेत्रीले मानवतावाद,…
    • समता काव्य सन्ध्याको ३४३ औं शृंखला

      आदर्श समाज सम्वाददाता पौष ५, २०७८
      पोखरा । कविताको अघोषित पाठशालाका रूपमा परिचित पोखरेली युवा सांस्कृतिक परिवारले सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३ सय ४३…

    hero news full width