Worldlink ads

चक्रदेवी सहकारीको ५१ औं साधारणसभा

सहकारीले भूमिका परिवर्तन गर्नुपर्छ : मन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७५

लेखनाथ, ८ असोज। पोखरा महानगरपालिका वडा ३० स्थित चक्रदेवी बहुमुखी सहकारी संस्थाको ५१ औ साधारणसभा सम्पन्न भएको छ।

कार्यक्रम उद्घाटन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सहकारीले परिमार्जित समयको हेक्का राखेर अब आफ्नो भूमिका परिवर्तन गर्नुपर्ने बताए । उनले सबै जना करको दायरामा आएर समृद्ध नेपाल बनाउने अभियानमा समाहित हुन आग्रह गरेका थिए।

सहकारीका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेयर सदस्य नवीन बास्तोला, उमा लामिछाने, सिर्द्धार्थ बैंक तालचोकका शाखा प्रमुख केशवराज पौडेल, चक्रदेवी सहकारीका निवर्तमान अध्यक्ष सोमलाल कँडेल, पोखरा ३० का वडाध्यक्ष श्रीराम पोख्रेल, जिल्ला सहकारी संघका महासचिव छविलाल लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी लगायतले बोलेका थिए।

कार्यक्रममा ज्येष्ठ नागरिक हर्कमान गुरुङ, हर्कबहादुर श्रेष्ठ, भोजराज तिवारी, बामदेव शर्मा जमरकट्टेललाई सम्मान गरिनुका साथै एसर्इइ उत्कृष्ट हुन सफल अयुषा गौतम, भावना बास्तोला, कोनिथ थापा, उत्कृष्ट कारोबारी धर्मजंग गुरुङ, श्यामसुन्दर श्रेष्ठ, उत्तम भण्डारी, गंगा श्रेष्ठ, पूर्णकुमारी पौडेल, पूर्व कर्मचारी डिल्लीराम तिवारीलाई सम्मान गरियो ।

यस्तै, चक्रदेवी स्वर्णजयन्ती स्मृति अक्षयकोषद्वारा सरोज ढकाल र अनिता पौडेललाई सम्मान गरिएको थियो।

कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष शिव बास्तोलाले गरेका थिए भने संचालन संस्थाका सचिव ऋषिराम जमरकट्टेलले गरेका थिए।

२०२४ सालमा स्थापना भएको सहकारीमा आठ सय १४ जना सेयर सदस्य रहेका छन् । संस्थाको सेयर पुँजी छ करोड ३८लाख ७३ हजार चार सय रहेको छ।

Related News

सम्बन्धित समाचार

    • फणीन्द्रमान औद्योगिकीकरणका पर्याय

      आदर्श समाज सम्वाददाता कार्तिक ९, २०७८
      पोखरा । पोखरा उद्योग वाणिज्य संघले पूर्व अध्यक्ष फणीन्द्रमान श्रेष्ठको १३ औं दिनको पुण्यस्मृतिमा श्रद्धाञ्जली सभा गरेको छ । संघका…
    • सिजीको दसैं र तिहार योजना

      आदर्श समाज सम्वाददाता कार्तिक ९, २०७८
      पोखरा । सिजीले दसैं र तिहार लक्षित गर्दै ‘यो उत्सबमा घरलाई बनाऔं सिजी स्मार्ट होम’ नामक योजना हालै बजारमा ल्याएको…
    • पोखरा स्टिल फेब्रिकेटर्समा विश्व

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसन कास्की अध्यक्षमा विश्वप्रसाद कर्माचार्य निर्वाचित भएका छन् । संस्थाको १४ औं अधिवेशन एवं २१…
    • जय कालिका प्लास्टिक उद्योग पाँचौं वर्षमा

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । पोखरा–३२ स्थित जय कालिका प्लाष्टिक उद्योग प्रालि स्थापनाको पाँचौं वर्षमा प्रवेश गरेको छ । यो कम्पनी पानी ट्यांकी…
    • बुद्ध विशाल बजारमा बधाई

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले नवगठित कार्यसमिति संयोजक तथा सदस्यलाई बधाईसहित परिचयात्मक कार्यक्रम गरेको छ । कार्यक्रममा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads