अमरसिंह कृषि सहकारीको साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७५
amarsingh sahakari

पोखरा, ८ असोज। अमरसिंह कृषि सहकारी संस्थाको चौथो साधारणसभा सम्पन्न भएको छ।

साधारणसभा उद्घाटन गर्दै कास्की जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारीले देशको विकासको लागि सरकारले कृषि क्षेत्रमा लगानी बढाउनु पर्ने धारणा राखेका थिए।

कार्यक्रममा जिल्ला सहकारी संघका प्रतिनिधि संगीता तिमल्सिनाले बचत गर्ने बानी विकासमा सहकारी संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताइन्।

सहकारी अध्यक्ष गोविन्द घिमिरे, ऋण उपसमिति संयोजक राजेन्द्र बस्ताकोटी सचिव खुबबहादुर बराल, कोषाध्यक्ष विश्वराज घिमिरे, लेखा समिति संयोजक माधवराज घिमिरेले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए।

सहकारी अध्यक्ष गोविन्द घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी संचालक समिति सदस्य तेजराज घिमिरे, रामचन्द्र अधिकारी तथा चन्द्रा पराजुली लगायत बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width