फेवा किनारमा माछापुच्छ्रे प्रतिविम्ब पार्क

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७५

पोखरा, ७ असोज । पोखरा ड्यामसाइडस्थित फेवा किनारमा माछापुच्छ्रे प्रतिविम्ब पार्क (झण्डा पार्क) निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ ।

प्रदेश सरकार र पोखरा महानगरपालिकाको ५०/५० लाख रुपैयाँ लगानीमा पार्क निर्माण गर्न लागिएको हो ।

यसका लागि समिति गठन भएको छ । प्रमुख सचिव लक्ष्मीराम पौडेलको संयोजकत्वमा अर्थ सचिव मुक्तिराम पाण्डे, भौतिक पूर्वाधार सचिव इश्वरचन्द्र मरहट्टा, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल र महानगरकै सिनियर डिभिजन इ. शोभियत खड्का सदस्य रहेको समिति गठन भएको हो । समितिले पार्कसँगै महानगर र प्रदेश सरकारको समन्वयमा गरिने कामबारे पनि अध्ययन गर्नेछ ।

पार्कका लागि समितिले एकसाताभित्र आवश्यक काम सकेर एमओयु गर्ने प्रक्रियामा लैजानेछ । ‘एक करोडको लगानीमा काम हुन लागेको हो ।

त्यसकै लागि समिति गठन भएको छ,’ महानगरका प्रशासकीय अधिकृत पौडेलले भने, ‘एकसाताभित्र एउटा खाका तयार हुन्छ । त्यसपछि एमओयु गरेर काम शुरु गछौर्ं’ पार्क निर्माणका लागि टेण्डर गर्ने मेयर मानबहादुर जिसी बताउँछन् ।

ड्यामसाइडको ४ रोपनी क्षेत्रफलमा माछापुच्छ्रेको शिर देखिने गरी पार्कको परिकल्पना गरिएको छ । जहाँ माछापुच्छ्रेको शिरमा नेपालको झण्डा रहनेछ ।

इ. किसान गुरुङले पार्क निर्माणका लागि डिजाइन तयार गरेका थिए । सोही डिजाइनमा महानगरपालिकाले लगानी गरेर काम गर्न लागेको थियो । यद्यपि प्रदेश सरकारले पनि चासो देखाएकोले सहकार्य गर्न लागिएको मेयर जिसी बताउँछन् । ‘महानगरले पहिले नै कामको तयारी गरिसकेको थियो ।

पछि प्रदेश सरकारले पनि नेपालको झण्डा बनाउने भनेर छलफल हुँदा सहकार्य गरौं भनेका हौं,’ उनले भने, ‘पोखरामा एउटा भए पनि हेर्नलायक ठाउँ बनाऔं भनेर पार्कको कन्सेप्ट आएको हो । पर्यटकका लागि पनि यो महत्वपूर्ण हुन सक्छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width