हेमजा, ७ असोज। सफल कृपा बचत तथा ऋण सहकारी संस्था, हेमजाको छैठौं वाषिर्क साधारणसभा सम्पन्न भएको छ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले सहकारी संस्थाका सदस्यमा सहकार्यको भावना हुनुपर्ने औँल्याउँदै सदस्यले आफ्नै संस्थामा मात्र कारोबार गर्नुपर्नेमा जोड दिए।वडासचिव इश्वरीप्रसाद बास्तोलाले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा गण्डकी विकास बैंक हेमजा शाखाका प्रबन्धक विनोदराज पौडेल, देवीस्थान कृषि सहकारीका अध्यक्ष शालिकराम बास्तोला, लेखा संयोजक गणेशबहादुर थापा लगायतले बोलेका थिए ।
कार्यक्रम सहकारी अध्यक्ष धनबहादुर थापाले अध्यक्षको प्रतिवेदन, सचिव भरतबहादुर थापाले वाषिर्क प्रगति प्रतिवेदन, लेखा संयोजक गणेशबहादुर थापाले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष हरिकृष्ण थापाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारणसभाले विभिन्न कार्ययोजना तथा संस्थाको ऋण नीति पनि पारित गरेको सहकारीका व्यवस्थापक सूर्यकूमार श्रेष्ठले जानकारी दिए।
सहकारी थापाको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा लेखा संयोजक गणेशबहादुर थापाले स्वागत र सचिव भरतबहादुर थापाले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१