Worldlink ads

निर्माण व्यवसायी महासंघमा पहारी र मल्ल विजयी

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७५

पोखरा, ६ असोज । पोखराका निर्माण व्यवसायी राजेन्द्र पहारी नेपाल निर्माण व्यवसायी महासंघको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

महासंघको काठमाडौंमा भएको २० औं साधारणसभा तथा ११ औं महाधिवेशनबाट उनी गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् । पहारी नेपाल निर्माण व्यवसायी संघ कास्कीमा दुर्इ कार्यकाल अध्यक्ष भएर काम गरेका थिए ।

उनी लोकतान्त्रिक निर्माण व्यवसायी संघ गण्डकीका प्रदेश संयोजक तथा निर्माण बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत हुन् ।

यसैगरी, महासंघको केन्द्रीय सदस्यमा खिमप्रकाश मल्ल (राजेश) निर्वाचित भएको नेपाल निर्माण व्यवसायी संघ कास्कीका सहसचिव इ.शिरशकुमार बास्तोलाले जानकारी दिए।

राती यस समाचार तयार पार्दा सम्म अध्यक्ष तथा अन्य पदको मतगणना जारी रहेको जनाइएको छ।

Related News

सम्बन्धित समाचार

    hero news full width