स्वतन्त्र पत्रकारको प्रशिक्षक प्रशिक्षण शुरू

बोलिएको भन्दा लेखिएकोमा विश्वास : मेयर जिसी

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७५
ija

पोखरा, ६ असोज। स्वतन्त्र पत्रकार संघ नेपालद्वारा आयोजित त्रिदिवसीय पत्रकार प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सो प्रशिक्षणको शनिबार उदघाटन गरे ।

उनले पत्रकारको वर्तमान पुस्ता मुलुकमा परिवर्तनका लागि महत्वपूर्ण भूमिका निभाउनुका साथै सबैभन्दा बढी उतारचढाव देख्ने, भोग्ने र लेख्ने गरेका कारण कहिलेकाही ज्यानै जोखिममा परेको स्थितिको सामना गर्नु परेको भएता पनि अघिल्लो र आउने पुस्ताभन्दा बढी भाग्यमानी भएको बताए । उनले वर्तमानमा पत्रकारितालाई व्यावसायिक बनाउने चुनौती रहेको उल्लेख गरे । १० पटक बोलिएको भन्दा एक पटक लेखिएकोमा बढी विश्वास गरिने भएको हुँदा समाजमा पत्रकारिताको महत्व छ, तर यो वा त्यो खेमामा विभाजित भएर पत्रकारिताको विकास सम्भव छैन उनले भने । उनले तालिम पत्रकारितालाई थप मर्यादित, सार्थक र सहभागीहरूलाई नमूना योग्य बन्न प्रेरणा देओस् भन्ने कामना गरे ।

सो अवसरमा वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले पत्रकारितालाई पुनः परिभाषित गर्नु पर्ने बेला आएको बताउँदै आज कस्ले पत्रकारिता गरेको छैन र ? भन्ने स्थिति छ, यसलाई चिर्न सक्नु पर्छ भने । समयक्रममा यो सग्लिदै पनि जान्छ र यो अलमलको स्थिति लामो रहनु हुँदैन भन्दै उनले समाचार सग्लिए पछि सञ्चारमाध्यमहरू पनि स्वतः संग्लिन्छन् भने । उनले समस्या नबुझ्दा विग्रिएको छ भन्दै पत्रकारिता समाज बदल्ने पेशा भएको हुँदा यसलाई हल्का रूपमा र जागिरेको रूपमा लिन नहुने बताए। नले भने- यो सेवाको कार्य र अभ्यास गर्दै जाने विषय हो ।

नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी पत्रकारहरूको अभिभावक हुनुका साथै पत्रकारिता जगतको इन्साइक्लोपेडिया भएको र यस्तो व्यक्तित्वलाई प्रशिक्षकको रूपमा पाउनु गौरवको विषय हो भने । उनले तालिम दक्षता अभिवृद्धि गर्ने महत्वपूर्ण कार्य हो, यसले पत्रकारलाई चलायमान बनाउन थप मद्दत गर्ने छ भन्ने विश्वास व्यक्ति गरे ।

त्यसैगरी, उदघाटन सत्रमा अध्यक्षीय मन्तव्य व्यक्त गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकारितामा राजनीतिक दलगत र त्यसमा पनि गुटगत आग्रह पूर्वाग्रहबाट टाढा रहन चाहनेहरूको पेशगत हक हितका लागि स्वतन्त्र पत्रकार संघ स्थापित भएको बताए । संघमा आवद्ध पदाधिकारीहरू तथा सदस्यहरूको क्षमता अभिबृद्धिका साथ संगठन विस्तारमा सहयोग पुगोस् भन्ने धेयले तालिमको आयोजना गरिएको बताए ।

स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष उदयबहादुर अमात्यले स्वागत मन्तव्य रहेको  प्रशिक्षणको उद्घाटन कार्यक्रमको संघका महासचिव नवराज पहाडीले सञ्चालन गरेका थिए । प्रशिक्षणमा संघको शाखा रहेका विभिन्न १५ जिल्लाका अध्यक्षसहितका प्रतिनिधि, राष्ट्रिय पदाधिकारी, सदस्यसमेत ३० जनाले भाग लिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…
  • ‘शक्ति र सत्तामा रहेकाको मात्रै इतिहास लेखिनुपर्छ भन्ने छैन’

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने…

hero news full width