पानस बचतको छैटौं वाषिर्क साधारण सभा

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७५

पोखरा, ६ असोज । पानस बचत तथा ऋण सहकारी संस्था लि, पोखरा-८, सृजनाचोकको छैटौं वाषिर्क साधारणसभा शनिवार सम्पन्न भएको छ।

प्रमुख अतिथि जिल्ला सहकारी संघका कोषाध्यक्ष कृष्णप्रसाद बरालले कार्यक्रम उद्घाटन गर्दै नयाँ सहकारी ऐनसम्बन्धी जानकारी गराए।

कार्यक्रममा सहकारीका उत्कृष्ट बचतकर्ता, असल ऋणी र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो। बचतकर्तातर्फ कृष्णबहादुर गुरुङ ऋणीतर्फ नेत्रबहादुर खत्री र राजु वर्णल कर्मचारीतर्फ रति त्रिपाठीलाई सम्मान गरिएको हो ।

यस्तै, संस्थाका अध्यक्ष तिलबहादुर गुरुङले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष इन्द्रमान चौहानले कोषाध्यक्षको प्रतिवेन र लेखा संयोजक अर्जुन दाहालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकोमा सर्वसम्मत पारित भएको थियो ।

संस्थाका अध्यक्ष  तिलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य महेश्वर रिमाल र सञ्चालन सचिव दुर्गाबहादुर थापामगरले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width