भिजन मन्टेसरी तालिम केन्द्र स्थापना

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७५
vijan mantoshary

लेखनाथ, ६ असोज । लेखनाथको तालचोकमा भिजन मन्टेसरी टिचर्स ट्रेनिङ सेन्टरको शनिवार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।

सेन्टरको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख वैन बहादुर क्षेत्रीले शिक्षा भनेको परम्परागत भन्दा पनि आधुनिक विधि र प्रविधिका साथ हुनु पर्ने र जसको लागि मन्टेसरी विधि उपयोगी भएको बताउँदै अब निजी तथा सामुदायिक विद्यालयहरुमा मन्टेश्वरी कक्षाको आवश्यकता रहेको विचार राखेका थिए ।

कार्यक्रममा प्याब्सन गण्डकी प्रदेशका अध्यक्ष माधवशरण उपाध्यायले मन्टेश्सरी शिक्षा आजको अनिवार्य आवश्यकता भएको विषय वस्तु हो भन्दै शिक्षण विधि र प्रकृयामा नवीनतम सोचका साथ शिक्षकहरुलाई आवश्यक पर्ने मन्टेसरी शिक्षा दिनुपर्ने सुझाव राखेका थिए भने शैक्षिक तालिम केन्द्र कास्कीका तालिम प्रमुख केशरीरमण न्यौपानेले पर्ढाई नयाँ विधि र प्रविधिको हुनुपर्ने धारणा राखेका थिए ।

संस्थाका प्रबन्ध निर्देशक दुर्गा सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी देवीरमण न्यौपाने, सेन्टरका संचालक बाबुराम न्यौपाने र जनप्रकाश मा.वि.का  शिक्षक विकल न्यौपाने लगायतले मन्तव्य राखेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width