Worldlink ads

काहूँ सहकारीको साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७५
Kahu Deurali Sahakari Photo by damu

पोखरा, ६ असोज । पोखरा महानगरपालिका वडा ११ मा रहेको काहूँ देउराली बहुउद्देश्यीय सहकारी संस्थाको १३ औं साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभा उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक डिल्लीराम तिवारीले पर्यटनको प्रचूर सम्भावना बोकेको काहूँ क्षेत्रको विकासमा सहकारीले योगदान गर्नुपर्नेमा जोड दिए ।

वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले सहकारीले पशुपालनमा योगदान गरेर प्रशंसनीय काम गरेको बताए ।

कार्यक्रममा नेपाल बहुउदेश्यीय केन्द्रिय सहकारी संघका प्रदेश संयोजक सुरेन्द्रमणि पौडेल, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप ढकाल, राष्ट्रिय सहकारी बैकका शाखा प्रमुख केदारनाथ उप्रेती, कोन सहकारीका उपाध्यक्ष तीर्थबहादुर बस्नेत, कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष कुमार क्षत्री, पशु सेवा कार्यालयका प्रतिनिधि राजुबहादुर बोगटी र संस्थाकी कोषाध्यक्ष खुमकुमारी रायमाझीले बोलेका थिए । कार्यक्रममा संस्थाका कर्मचारी रामचन्द्र घिमिरेलाई सम्मान गरिएको थियो । सहकारी अध्यक्ष बोधराज घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चित्रप्रसाद लामिछानेले स्वागत र सचिव दीपकप्रकास आचार्यले संचालन गरेका थिए ।

कुल छ सय ३१ सेयर सदस्य रहेको सो सहकारीले पोखरा वडा ११,१२,१३,१४ र २० वडालाई कार्यक्षेत्र बनाएर काम गरिरहेको छ ।

संस्थाले करिब १३ करोड रुपैयाँ बढी ऋण लगानी गरिसकेको अध्यक्ष बोधराज घिमिरेले बताए ।

Related News

सम्बन्धित समाचार

    • नेप्सेमा उच्च गिरावट

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका…
    • कच्चा पदार्थकोे मूल्य बढ्दा तेलको मूल्य बढ्यो

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक…
    • बुधबारदेखि सरकारले खर्च खर्च गर्न नपाउने

      रासस भाद्र २९, २०७८
      काठमाडौं । विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि सङ्घीय…
    • व्यवसायीको क्षमता विकास मेरो एजेन्डा : भट्टराई

      आदर्श समाज सम्वाददाता भाद्र २९, २०७८
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनमा द्वितीय उपाध्यक्ष पदमा व्यवसायी शैलेन्द्रमोहन भट्टराईले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्…
    • नेप्सेमा झिनो अङ्कको वृद्धि

      रासस भाद्र २८, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads