मुक्तिनाथ र क्राउनबीच सम्झौता

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७५

पोखरा, ६ असोज। मुक्तिनाथ विकास बैंक लि. र क्राउन ल्याबरोटरी एण्ड रिफरल सेन्टर, भाटभटेनी र चाबाहिलबीच सम्झौता भएको छ।

उक्त सम्झौताबमोजिम मुक्तिनाथ विकास बैंकका डेविट तथा क्रेडिट कार्ड भएका सबै ग्राहकहरुले  उक्त ल्याबरोटरीबाट स्वास्थ सेवा सुविधा लिए वापत लाग्ने सम्पूर्ण खर्चमा २५ प्रतिशत विशेष छुट दिने व्यवस्था भएको छ। उक्त सम्झौता पत्रमा बैंकतर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख वसन्त बक्सी र क्राउनका  तर्फबाट प्रशासनिक निर्देशक कान्ति थापाले हस्ताक्षर गरे।

सो सुविधा लिन बैंकको डेविट वा क्रेडिट कार्ड देखाए मात्र पनि उक्त छुट सुविधा आगामी एक वर्षसम्म प्राप्त गर्न सकिनेछ।

Related News

सम्बन्धित समाचार

hero news full width