Worldlink ads

जनता सहकारीको सातौ साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७५
janata shakarai (1)

लेखनाथ, ६ असोज। पोखरा महानगरपालिका वडा ३०, पावरहाउसस्थित जनता बहुउद्देश्यीय सहकारी संस्थाको सातौ वाषिर्क साधारणसभा सम्पन्न भएको छ।

साधारणसभा उद्घाटन गर्दै सांसद दीपक कोर्इरालाले संविधान निर्माण पछि आएको उपलब्धिको उपयोग गर्दै परिमाण देखिने गरी सहकारीहरु उत्पादनशील क्षेत्रतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए।

सहकारीले स्थानीयस्तरमा गरेको उपलब्धिको प्रशंसा गर्दै उनले एक सहकारी एक उत्पादनको अवधारणा अनुसार कृषिलाई ब्यावसायीकरण गर्दै सेयर सदस्यको जीवनस्तर उकास्ने खालका योजना लिएर अगाडि बढ्नु पर्ने सुझाव राखेका थिए।

संस्थाका अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ, लेखनथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष छत्रधर आत्रेय, रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङ, ब्रम्हरुपा माविका प्रधानाध्यापक दुर्गालाल पण्डित र एनसीसी बैंक तालचोकका शाखा प्रमुख राजेन्द्र लम्साल लगायतले सहकारीले पैसा बेचेर होर्इन, अब सेवा र वस्तु बेचेर आम्दानीको स्रोत बनाउनु पर्ने धारणा राखेका थिए। संस्थाका सचिव विश्वराज लामिछानेले संचालन गरेको सो कार्यक्रमा स्वागत मन्तव्य उपाध्यक्ष कुलबहादुर रानाभाटले गरेका थिए। कार्यक्रममा संस्थाका सेयर सदस्य परिवारका ज्येष्ठ सदस्य, एसर्इइ परीक्षामा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थी लगायत असल सेयर सदस्यलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

    • नव सिद्धार्थ सहकारीमा भवानी माकाजु

      आदर्श समाज सम्वाददाता पौष २९, २०७८
      हेमजा।पोखरा महानगरपालिका–८, वगालेटोल स्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था लि.को बुधवार सम्पन्न विशेष साधारणसभाले भवानी माकाजुको अध्यक्षतामा…
    • नेप्सेमा दोहोरो अङ्कको वृद्धि

      रासस पौष २६, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका…
    • लेखनाथमा अनाधिकृत व्यवसाय निरुत्साहित गरिने

      आदर्श समाज सम्वाददाता पौष २६, २०७८
      पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नगरी बिना इजाजत सञ्चालनमा आएका व्यवसायलाई निरुत्साहित गर्ने…
    • शुभ चेरिस्मा इम्पोरियम पुन सञ्चालनमा

      आदर्श समाज सम्वाददाता पौष २६, २०७८
      पोखरा । पोखराको न्युरोडमा शुभ चेरिस्मा इम्पोरियम पुन सञ्चालनमा आएको छ । केही समय बन्द रहेर पुन सञ्चालनमा आएको इम्पोरियमको…
    • नेप्सेमा उच्च अङ्कको वृद्धि

      रासस पौष २५, २०७८
      काठमाडौं । शेयर कारोबार हुने साताको पहिलो दिन आज कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक…

    hero news full width