Worldlink ads

बिग आइकन बेलायततिर

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७५

पोखरा, ६ भदौ । सांगीतिक कार्यक्रमका लागि सातौं बिग आइकन सुवास गुरुङ बेलायत प्रस्थान गरेका छन् ।

बेलायतबाट प्रकाशित हुने नेपाली भाषाको पत्रिका ‘यूरोपको नेपालीपत्र’ को निम्तो तथा काठमाडौंस्थित ब्रिटिश कलेजको व्यवस्थापनमा उनीसहित बिग एफएम अधयक्ष महेश भण्डारी विहीवार त्यसतर्फ प्रस्थान गरेका छन् ।

त्यहाँ करिब दुर्इ हप्तासम्म सुवासले विभिन्न शहरमा रहेका नेपाली समुदायबीच सांगीतिक प्रस्तुति राख्ने कार्यक्रम छ । यसअघि, चौथो बिग आइकन मुस्कान रानाभाट, छैटौं बिग आइकन साजन आलेले बेलायत पुगेर सांगीतिक कार्यक्रम गरिसकेका छन् ।

द ब्रिटिश कलेजसँग बिग आइकन गायन रियालिटी शोको सहकार्य भएपछि यो चाँजोपाँचो मिलेको हो । लण्डनस्थित साउथ हारोमा रहेको माया पवमा दुर्इ वटा कार्यक्रम र लण्डनकै प्लमस्टिडमा रहेको डाँफेमा उनको प्रस्तुति रहनेछ । जसको प्रचारप्रसार माया पव र डाँफेले गरिरहेको छ ।

बसाइँको सम्पूर्ण बन्दोबस्त यूकेस्थित ‘नेपालीपत्र’ ले नै गर्नेछ । ‘नेपालीपत्र’ यूकेबाट निस्कने नेपाली भाषाको पत्रिका हो । यो पत्रिका भगिनी संस्था द ब्रिटिश कलेजको मातहतमा रहेर निस्कँदै आएको छ । ‘द ब्रिटिश कलेज’ले नेपालमै बेलायतकै यूनिभर्सिटीको सम्बन्धनमा विद्यार्थीहरुलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा दिँदै आएको छ । कलेजले यसपालि बिग आइकनमा सहयोग गरेको थियो ।

युरोपको नेपालीपत्र लि. का म्यानेजिङ डिरेक्टर राजन कँडेलले बिग आइकन गुरुङको सांगीतिक भ्रमणलाई उपलब्धिमूलक र स्मरणयोग्य बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।

यूके प्रस्थान गर्नु अघि बिग आइकन सुवास निकै उत्साहित देखिन्थे। ‘लण्डनमा विशेष कार्यक्रमहरुमा प्रस्तुति राख्ने कुरा भएको छ,’ गुरुङले भने, ‘एकदमै एक्साइटेड छु । आफूलाई निकै भाग्यशाली ठानेको छु ।’

एफएम अध्यक्ष भण्डारीले सांगीतिक यात्राले बिग आइकनको अन्तर्राष्ट्रिय प्रभाव देखाउने बताए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग