पोखरा ट्रेड मलको ‘दशैं तिहार उत्सव’

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७५

पोखरा, ४ असोज। पोखरा ट्रेड मलले दशैं तिहार उत्सव-२०७५ कार्यक्रम ल्याएको छ।

पोखरा ट्रेड मल दशैं तिहार उत्सव व्यवस्थापन समितिले पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमअन्तर्गत ट्रेड मलमा आउने ग्राहकहरुले खाली हात नजाने बम्पर उपहारको कार्यक्रम ल्याएको जनाएको छ। बम्पर उपहारको साथमा खाली हात नजाने स्क्र्याच कुपनको विशेष उपहार योजना छ।

यसपटकको उपहार योजनामा ग्राहकका लागि १० लाख बराबरको उपहारको व्यवस्था गरेको पोखरा ट्रेड मल दशैं तिहार उत्सव व्यवस्थापन समिति अध्यक्ष नवराज त्रिपाठीले जनाए।

बम्पर उपहार योजनामा सहभागी हुनका लागि मलमा आउने ग्राहकले न्यूनतम ५ सय रुपैयाँ’को खरिद गरे पुग्ने र स्क्र्याच कुपन कार्यक्रममा सहभागी हुनका लागि ५ हजार रुपैयाँ’ बराबरको सामान खरिद गर्नुपर्ने हुन्छ।

बम्बर उपहार योजनामा १ लाख रुपैयाँ’ १ जनालाई र रु १० हजार ५ जनालाई पुरस्कार व्यवस्था गरिएको अध्यक्ष त्रिपाठीले उल्लेख गरे। उनका अनुसार स्क्र्याच कुपनमा ५० हजारसम्मको नगद तथा सपिङ भौचरको उपहार ग्राहकहरुले जित्न सक्नेछन्। दशैं, तिहार उत्सव कार्यक्रमअन्तर्गत सेल्फी प्रतियोगिता, खाने प्रतियोगिता र ट्रेजरहन्टका प्रतियोगितासमेत रहेको अध्यक्ष त्रिपाठीले बताए। दशैं तिहार उत्सवका कार्यक्रम असोज ५ देखि मंसिर ५ गतेसम्म रहने जनाएको छ। कार्यक्रमको औपचारिक कार्यक्रम भने मंसिरको ८ गते बम्पर उपहार विजेतासँगै हुने जनाइएको छ।

गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापाले मलको स्थापनाकालदेखि ग्राहक लक्षित कार्यक्रम ल्याएको उल्लेख गरे। मलले संचालन गरेका कार्यक्रमहरुले मलमा आउने ग्राहकहरुको मन जितेको सांसद थापाको भनाइ थियो।

मलका प्रबन्ध निर्देशक मीनराज काफ्लेले पोखरा ट्रेड मल आम पोखरेलीको मात्र नभई बाहृय पर्यटकको समेत केन्द्रविन्दु भएको बताए। यस वर्षको दशैं तिहारमा शत्प्रतिशत सुविधासहित उचित मूल्यमा सही समान बिक्री गरिने काफ्लेको दाबी छ।

Related News

सम्बन्धित समाचार

hero news full width