पोखरा, ३ असोज। नेपाल-भारत मैत्री संघको तेश्रो अधिवेशनले जगन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको निवर्तमान अध्यक्षमा ऋषि सापकोटा, उपाध्यक्षमा डा वीरबहादुर कार्की, सचिवमा जयराम पौडेल, कोषाध्यक्षमा मीरा आचार्य र सदस्यमा इ.विष्णु पौडेल, डा तरुणकान्त झा, गिरीराज गौतम, सुन्दरकुमार श्रेष्ठ, उदयकान्त तिवारी, कर्णेल कमानसिंह गुरुङ, कर्णेल चेतबहादुर गुरुङ, बजिरमान श्रेष्ठ, शालिकराम भट्टरर्ाई, योगराज पौडेल, धर्मराज आचार्य, मीनराज काफ्ले, गीता आचार्य, सीता बास्तोला, गीताकुमारी लामिछाने, शान्ता कोइराला र ज्योतिबाबु पौडेल रहेका छन्।
नौ सदस्यीय सल्लाहकारमा पूर्व सांसद शारदा पौडेल, सांसद विन्दुकुमार थापा, उद्योगपति गणेशबहादुर श्रेष्ठ, सुशीलकुमार गोशली, डा अशोककुमार चौराशिया, अधिवक्ता रोहितराज बास्तोला, डा कालु शर्मा, समाजसेवी नरेन्द्रमान लालचन र सञ्चारउद्यमी दुर्गादेवी बास्तोला चयन भए।
निर्वाचन समिति संयोजक अधिवक्ता रमेश पौडेलले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए।
नवनिर्वाचित अध्यक्ष जगनबहादुर गुरुङले आफ्नो कार्यकालमा मैत्री संघले ऐतिहासिक रुपमा काम गर्ने प्रतिबद्धता जाहेर गरे।यसअघि, अधिवेशन उद्घाटन गर्दै नेपाल-भारत मैत्री संघका केन्द्रिय अध्यक्ष राजकुमार सिन्धीले मैत्री संघले दुर्इ देशको सम्बन्ध प्रगाढ बनाई नेपालमा धार्मिक पर्यटन वृद्धि गर्न लागिपरेको बताए। उनले नेपालको पशुपतिनाथ, मुक्तिनाथ, स्र्वर्गद्वारी, लुम्बिनी र जनकपुर आउने भारतीय पर्यटकलाई भारतका विभिन्न पाँच प्रान्तीय सरकारले अनुदान दिन मैत्री संघले पहल गरिरहेको बताए।
संस्थाका निवर्तमान अध्यक्ष ऋषि सापकोटाले मैत्री संघले दुर्इ देशको सम्बन्ध सुदृढमात्र नभई दुवै क्षेत्रका नागरिकको स्वास्थ्य, शिक्षा र सामाजिक विकासमा काम गरेको बताए।
कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष हरेराम पौडेल, केन्द्रिय सल्लाहकार गुरु बराल, केन्द्रिय सदस्य रामजी बास्तोला, पूर्व सांसद शारदा पौडेल, डा वीरबहादुर कार्की, जयराम पौडेल लगायतले नेपाल र भारतको सम्बन्धबारे बोलेका थिए। कार्यक्रममा संस्थाका आजीवन सदस्य विजय आचार्यलाई संस्थामा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९