‘संविधान कार्यान्वयनमा जोड’

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७५

पोखरा, ३ असोज। संविधान कार्यान्वयन पक्षमा सबैको सहभागिता आवश्यक रहेको एक कार्यक्रमका वक्ताले बताएका छन्।

संविधान दिवसका अवसरमा शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखरा र जनआन्दोलन शहीद परिवार तथा घाइते समन्वय समितिको सहआयोजनामा आयोजित नेपालको संविधानमा संघीयता कार्यान्वयन, अवसर र चुनौतीविषयक अन्तक्रिर्यामा बोल्ने वक्ताहरूले सो कुरामा जोड दिएका हुन्।

प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले पितृसत्ता, जातीय विभेद, केन्द्रीकृत शासन प्रणालीले गर्दा सबै पक्षको समान पहुँचका लागी नयाँ संविधानको जन्म भएको बताउँदै कार्यान्वयन पक्षमा नेतृत्व वर्ग र जनताको सहभागिता रहने बताए। मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेले संविधानले सबै जनतालाई वाक स्वतन्त्रता प्रदान गरेको बताउँदै समस्या पहिचान गरी असन्तुष्टिलाई सच्याउन र परिमार्जन गर्न पनि संविधानमा छुट भएको भनाइ राखे।

सांसद प्रभा कोइराला, नेकपाका नेता तेजनारायण अधिकारी, राष्ट्रिय जनमोर्चाका नेता शंकर बराल, राष्ट्रिय मानवअधिकार आयोग, पोखराकी उपनिर्देशक नीतु गतौर्ला, मानवअधिकारकर्मी टेकनाथ बराल, गैह्र सरकारी संस्था महासंघका केन्द्रीय सचिव रामप्रसाद सुवेदी, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष जानकी शर्मा, केन्द्रीय बाल कल्याण समितिका डा राजेन्द्र गौतम, गैह्र सरकारी संस्था महासंघका गण्डकी प्रदेश संयोजक वीना सिलवाल, जनआन्दोलन शहीद परिवार तथा घाइते समन्वय समितिका रामशरण सेर्ढाई, थ्रि-एन्जल्सका शारदा खत्री, कार्यक्रममा जनआन्दोलन शहीद परिवार तथा घाइते समन्वय समिति, कास्कीका अध्यक्ष ढाकाराम पौडेल लगायतले आफ्ना भनाइ राखेका थिए। सञ्जाल संयोजक विष्णु बरालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण इन्सेक प्रदेश कार्यालयका संयोजक शिव खकुरेलले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width