Worldlink ads

हरिगोपाल-गणेशमाया स्मृति छात्रवृत्ति

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७५
kalika

पोखरा, ३ असोज। हरिगोपाल गणेशमाया स्मृति छात्रवृत्ति बुधबार कालिका मावि, रामबजारमा अध्ययन गर्ने विद्यार्थीलाई प्रदान गरिएको छ ।

संविधान दिवस अवसरमा विद्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा गरीब तथा जेहेन्दार विद्यार्थीहरुमध्ये कक्षा १२ का जेनिसा थापामगरलाई १० हजार, रुपा शर्मा तथा पार्वती गुरुङलाई ९ हजार ६ सय, कक्षा १० का सामुयल सुवेदीलाई ४ हजार र कक्षा ९ की अञ्जना सुवेदीलाई ६ हजार रुपैयाँ छात्रवृत्ति स्वरुप वितरण गरिएको हो।

रामबजारका हरिगोपाल रञ्जित र गणेशमाया रञ्जितको स्मृतिमा उनका ४ छोराहरु वैकुण्ठ, शिव, सर्ुदर्शन र विजयले स्थापना गरेको ४ लाख रुपैयाँ बराबरको अक्षयकोष व्याजबाट गत वर्षदेखि छात्रवृत्ति प्रदान हुँदै आएको छ ।

त्यसैगरी रञ्जित परिवारले पोखरा ९, बसपार्कको सहारा प्राविलाई समेत अक्षयकोष राखी छात्रवृत्ति प्रदान गर्दैआएको सर्ुदर्शन रञ्जितले जानकारी दिए।

छात्रवृत्ति वितरण कार्यक्रममा अधिवक्ता वीनिता नेपालीले संविधान दिवस अवसरमा वर्तमान संविधानमा भएका विभिन्न मौलिक हकबारे विस्तृत व्याख्या गरेकी थिइन्।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गजकुमारी गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहायक प्रधानध्यापक श्रीराम आचार्य, शिक्षक प्रतिनिधि सदस्य लक्ष्मीकान्त अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • कोरोनाले लोककवि अलिमियाँ फुटबल प्रतियोगिता स्थगित

      आदर्श समाज सम्वाददाता माघ १, २०७८
      पोखरा । कोरोना महामारीको प्रभावका कारण तेस्रो लोककवि अलिमियाँ स्मृति खुला सेभेन ए साइड फुटबल प्रतियोगिता स्थगित भएको छ। आयोजक…
    • ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      हेमजा । पोखरा हेमजा निवासी ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण गरिएको छ । वडास्तरीय ज्येष्ठ नागरिक समितिले विशेष भेलाको आयोजना गरी…
    • प्रहरीद्वारा मास्क वितरण

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । पोखराको तुल्सीघाटस्थित अस्थायी प्रहरी बिटका प्रहरी तथा समाजसेवीको सहयोगमा १ हजार ५ सय मास्क वितरण गरिएको छ ।…
    • महिला उद्यमी संघको साक्षरता

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । महिला उद्यमी संघ नेपाल कास्कीले सातौं साधारण सभा अवसरमा कानुनी एवं बैंकिङ साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा…
    • पेन्सन वितरण कार्यालयमा रक्तदान

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । भारतको ७५ औं स्वतन्त्रता दिवस सन्दर्भमा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय, पोखराले सोमबार रक्तदान एवं निशुल्क स्वास्थ्य शिविर…

    hero news full width