पोखरा, ३ असोज। कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुदीप ढकालले बढी व्याज लिएर सहकारी सफल हुन्छ भन्ने भ्रम नपाल्न आग्रह गरेका छन्।
पोखरा-१२ स्थित पुरानोधारा बचत तथा ऋण सहकारी संस्थाको ११ औं वाषिर्कोत्सवको उद्घाटन गर्दै उनले भने सहकारी ठूलो होइन, व्यवस्थित गरेर बलियो बनाऊ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले रोजगारी वृद्धिका लागि सहकारीले उद्योग व्यवसायसमेत सञ्चालन गरे सुनमाथि सुगन्ध हुने बताए।
जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष सावित्री कोइरालाले सहकारीका राम्रा कार्यलाई जनमानसमा पुर्याएर सुदृढ बनाउनुपर्नेमा जोड दिइन्।
सयपत्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विश्वराज बास्तोलाले सहकारी फस्टाउँदा चकोर् व्याज असुल्ने सामन्तवादको अन्त्य भएको बताए।
कार्यक्रममा संस्थापक अध्यक्ष राधेश्याम कोइराला, शेयर सदस्य शम्भुराज बास्तोला र अजय थापाले शुभकामना व्यक्त गरेका थिए। त्यस अवसरमा शेयर सदस्यका एसइइ परीक्षा उत्तीर्ण सन्ततीलाई सम्मान गरिनुका साथै नयाँ सदस्यलाई शेयर प्रमाणपत्र वितरण गरिएको थियो।
यसैगरी उत्कृष्ट शेयर सदस्य देवेन्द्रराज पौडेल, रोशनी कोइराला र मञ्जु कोइरालालाई पुरस्कृत गरियो। त्यस अघि ऋण समितिका संयोजकर् इ. जगन्नाथ कोइरालाले उत्कृष्ट सदस्यको चयन प्रक्रियाबारे जानकारी दिँदै नाम घोषणा गरेका थिए।
संस्थाका अध्यक्ष कृष्णप्रसाद कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष चन्द्रनाथ कोइरालाले स्वागत तथा सचिव चन्द्रप्रकाश कोइरालाले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
घर फर्किए म्यादी प्रहरी
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
जेठ ६, २०७९गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९