पोखरा, ३ असोज । स्वरोजगार कृषि सहकारी संस्था लि., बिरौटाको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले मनबहादुर भुजेलको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको छ।
समिति उपाध्यक्ष प्रमिला श्रेष्ठ, सचिव सुभाष सापकोटा, कोषाध्यक्ष पूर्णबहादुर भुजेल तथा सदस्यमा यादव गिरी, दीपेन्द्रराज ढकाल र सरस्वती आचार्य तिवारी रहेका छन्।
लेखा समिति संयोजकमा इन्द्रप्रसाद शर्मा भट्टरर्ाई, जिल्ला प्रतिनिधि सदस्य शिवजी कोइराला, वरिष्ठ सल्लाहकार शुक्रराज सुवेदी तथा कानूनी सल्लाहकार अधिवक्ता कृष्णकुमार श्रेष्ठ रहेका छन्।
गण्डकी प्रदेशसभाका सदस्य प्रभा कोइरालाले कार्यक्रम उद्घाटन गर्दै विधागत रुपमा रहेको सहकारीले उत्पादनको क्षेत्रमा लगानी गर्न पर्ने बताइन्। उनले सहकारीले निक्षेप मात्र बढाउने मात्र नभएर कर्जा लगानी बढाउनु पर्ने सुझाव दिइन्।
सभामा सञ्चय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नारायण कार्की, सहयात्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डा त्रिभुवन शर्मा, सहकारीका उपाध्यक्ष मनबहादुर भुजेल, सचिव सचिव यामकुमार शर्मा लगायतले बोलेका थिए। कार्यक्रममा सहकारीले असल बचतकर्ता सलिना पौडेल, वुद्धिसागर आचार्य, शंकर कार्की र असल कारोबारीकर्ता पमाया गुरुङलाई सम्मान गरेको छ।
सभाले अध्यक्ष शुक्रराज सुवेदीले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको प्रतिवेदन, कोषाध्यक्ष पूर्णबहादुर भुजेलले पेश गरेको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक तिलक केसीले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सुझाव सहित पारित गरेको छ।
शुक्रराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव यामकुमार शर्माले गरेका थिए। सहकारीको सेयर पुं’जी १ करोड ५४ लाख ११ हजार ५ सय रुपैयाँ रहेको छ।
Related News
सम्बन्धित समाचार
नेफ्स्कुन स्थापना दिवसमा अन्तक्रिया
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९