मोबाइल एक्स्पो समापनमा पत्रकार सम्मान

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७५

पोखरा, २ असोज। पोखरा टावर मोबाइल एक्स्पो आइतबार सकिएको छ । भदौ १७ देखि शुरु एक्सोको समापन अवसरमा पोखरा टावर प्रालिले पत्रकार कृष्ण दवाडीलाई ‘पोखरा टावर पत्रकारिता पुरस्कार’ बाट सम्मान गरेको छ । उनलाई नगद ५ हजार १ सयसहित सम्मानपत्र प्रदान गरिएको हो । दवाडी हिमाली आवाज साप्ताहिक र पिस पोखरा डटकममा आवद्ध छन् ।

महेन्द्रपुलमा सञ्चालनमा आएको पोखरा मोबाइल टावरमा भदौ १७ गतेदेखि सुरु भएको मेला आइतबार सकिएको हो । मेलामा १ करोड बढीको कारोबार भएको प्रालिले जनाएको छ ।

समापन समारोहमा पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले समाजलाई सुसूचित गर्ने पत्रकारको मर्मलाई व्यवसायी बुझ्नु सकारात्मक भएको बताए । पत्रकार दवाडीले सम्मानले आफूलाई यो क्षेत्रमा निरन्तर लाग्ने ऊर्जा थपिएको बताए ।

प्रालिका अध्यक्ष उदय केसीले मेलालाई सफल बनाउने सहयोग गर्ने सबैमा आभार व्यक्त गरे ।

प्रालिका सचिव नारायण सुवेदीले पर्याप्त पार्किङ, सबैजसो ब्रान्डका मोबाइल, सर्भिस सेन्टर समेत बजारकै केन्द्रमा आफूहरुले उपलब्ध गराइएको बताए ।

मेलामा उपहार जित्ने विजेताहरुलाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width