सरोकार समिति गठन

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७५
hemja sarokar samiti

हेमजा, २ असोज। पोखरा-२५, हेमजामा सरोकार समिति गठन गरिएको छ ।

विकास निर्माणका योजना, सामाजिक सरोकारका विषय तथा समुदायको हकहितमा आवाज उठाउने उद्देश्यका साथ समिति गठन गरिएको हो ।

कृष्णबहादुर कुँवर संयोजक, चिरञ्जीवी अधिकारी सहसंयोजक रहेको समिति सदस्यमा कुलप्रसाद दाहाल, अर्जुन पौडेल, माधवशरण बास्तोला, रमा त्रिपाठी, माधवशरण पौडेल, मोतिराज तिम्सिना, भीमप्रसाद श्रेष्ठ, दामोदर त्रिपाठी, नवराज अधिकारी, विष्णुप्रसाद तिम्सिना, टमबहादुर रोका, कृष्णमान श्रेष्ठ र मदन थापा रहेका छन् ।

शनिवार बसेको एक भेलाले सो समिति गठन गरेको हो । उक्त भेलाले सुरुमा हाल हेमजामा निर्माण भइरहेको राजमार्ग चक्लाबन्दीको विषयमा अन्तक्रिर्या गर्ने र सोबाट प्राप्त निष्कर्षलाई सम्बन्धित कार्यालयसम्म पुर्‍याउने निर्णय गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width