‘निर्मलाका निम्ति न्याय’ भन्दै प्रदर्शन

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७५

पोखरा, ३० भदौ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपूरकी १३ वषिर्या बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै पोखरामा शनिवार ‘निर्मलाका निम्ति न्याय’ भन्दै प्रदर्शन गरिएको छ ।

घटना भएको ५२ दिन बितिसक्दा पनि घटनाको छानबिन र दोषीलाई कारवाहीका लागि सरकार उदाशिन बनेको बिरोधमा कालो कपडा नै लगाएर प्रदर्शन गरिएको हो । प्रदर्शनमा ‘सरकारले देखायो लाचारी, त्यसैले खबरदारी’,  ‘सरकार देखाउँ इच्छा, खै त महिलाई सुरक्षा ?’, ‘चुप लागेर नबसौ’, ‘न्याय मर्न नदिऔं र मौन बनेको सरकार, किन बढ्दैछ बलात्कार’ लेखिएका पर्चाहरु प्रदर्शन गरिएको थियो ।

पोखराको चिप्लेढुङ्गा मानव अधिकारचोकबाट शुरु भएको मौन प्रदर्शन महेन्द्रपुल चिप्लेढुंगा परिक्रमापछि पुनःमानव अधिकारचोक आएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागिमध्ये अधिकांश युवायुवती थिए । प्रदर्शनलाई अधिकारकर्मी, संचारकर्मी र राजनीतिकर्मीहरुले पनि साथ दिए ।

कोणसभामा बोल्ने विभिन्न क्षेत्रका वत्ताहरुले बलात्कारका घटनाले समाज असुरक्षित बन्दै गइरहेकोभन्दै चिन्ता व्यक्त गरे । कोणसभामा बोल्दै समाजसेवी सरस्वती गुरुङले सरकार अझै गैर जिम्मेबार बनिरहे हरेक दिन सरकार बिरुद्व कालो कपडा लगाएर सिंहदरबारमा प्रदर्शन गरिने चेतावनी दिइन् ।

साहित्यकार सरस्वती प्रतिक्षाले बलात्कारका दोषीलाई कारबाही नगरेसम्म खवरदारी जारी राख्नु पर्ने उल्लेख गरिन् ।

प्राडा चन्द्र भद्राले महिलाले बाँच्न पाउने अधिकार हनन् हुन थालेको भन्दै चिन्ता व्यक्त गरिन् । अधिकारकर्मी सावित्री गौतमले महिला असुरक्षित हुँदा हिडडुल गर्ने अधिकारबाट समेत बञ्चित हुनुपर्ने अवस्था सृजना भएको उल्लेख गरिन् ।

कार्यक्रममा अधिकारकर्मी सरिता पूरी, लेखक गणेश पौडेल, अनिषा शाही, अञ्जना पौडेल, सौगात पोखरेल र डा. बसन्त गौतमलगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width