Worldlink ads

पोखरा स्टिल फेव्रिकेटर्सको साधारणसभा

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७५

पोखरा, ३० भदौ । पोखरा स्टिल फेव्रिकेटर्स एशोसियसनको १८ औं साधारणसभा शनिवार भएको छ ।

साधारणसभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि विकास लम्सालले ब्यवसायमैत्री नीति ल्याउनुपर्ने बताए । उनले ब्यवसायीलाई प्रोत्साहन नगरेसम्म देशको विकास असम्भव रहेको भन्दै ब्यवसायलाई करसँग मात्रै हेर्न नहुने बताए ।

‘समृद्धीको आधार नै उद्योग र ब्यवसायमा छ । ठाउँ अनुसार ब्यवसाय फरक हुन सक्छ,’ उनले भने, ‘तर ब्यवसाय र उद्योग नभएसम्म हामी समृद्ध बन्न सक्दैनौं ।’ ब्यवसायिको हितविपरित कुनै नियम भए त्यसमा संशोधन गरेर भएपनि सहज वातावरण बनाउने उनको प्रतिबद्धता छ ।

गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले राज्यले लगानीका लागि ब्यवसायीलाई प्रोत्साहन गर्न नसकेको बताए । एकतर्फी रुपमा कर मात्रै बढाएर ब्यवसाय चौपट पार्न लागेको भन्दै उनले कर प्रणाली सुधार्न आग्रह गरे ।

‘एउटा ब्यवसायीलाई चारतिरबाट कर लगाईन्छ । खै करको एकद्धार प्रणाली ?, उनले भने, ‘उत्पादन नहुने ठाउँमा पनि मनपरि कर लगाउँदा लगानी गर्नेहरु कसरी आकषिर्त हुन्छन् ?’ उनले सरकारले लगानीमैत्री वातावरण दिन नसकेको गुनासो गरे ।

उद्योग बाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजीवबहादुर कोइरालाले राज्यले लिने अनावश्यक करका विरुद्ध ब्यवसायी एकजुट हुनुपर्ने बताए । उनले अवस्था र बैधानिकतामा टेकेर मात्रै कर लिनुपर्ने भन्दै राज्यले एकोहोरो कर मात्रै असुल्ने नीति ठीक नभएको बताए ।

पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी रवीन्द्रबहादुर प्रजुले बैंकको चर्को ब्याजले ब्यवसायीलाई समस्या भएको गुनासो गरे । घाम लागेको बेला छाता दिने र पानी पर्दा छाता खोस्ने हाम्रा बैंकहरु छन् । पैसा लिँदा ८ प्रतिशत भनेर लियो । ४ महिना नबित्दै १५ प्रतिशत ब्याज पुगिसक्छ,’ उनले भने, ‘ब्यवसायीले कहाँबाट ल्याएर तिर्ने त्यतिधेरै ब्याज ?’ राज्यको नीति र बैंकले लिने अनावश्यक ब्याजविरुद्ध पनि उद्योगी ब्यवसायीको एउटै आवाज हुनुपर्नेमा उनको जोड छ ।

संघका महासचिव तथा अध्यक्षका अर्का प्रत्यासी दामु अधिकारीले पनि बैंक वित्तिय संस्थाको सिण्डीकेट सरकारले तोड्नुपर्ने बताए ।

‘सरकारले सिण्डिकेटका नाममा यातायात ब्यवसायीलाई धरपकड गर्यो । घरजग्गा धितोमा कर्जा लिएर गरेको ब्यवसाय धरापमा छ, उनले भने-बैंकहरुको मनपरी ब्याज बढाउने सिण्डिकेट चाहीँ कहिले हट्छ -’ अधिकारीले सरकारले लिने कर ब्यवसायीले कमाएर भन्दा पनि पैत्रिक सम्पत्ति बेचेर तिर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष जगत पहारीले करको दायरा बढाउनेतर्फ महानगर लागिरहेको बताए । उनले अबैध रुपमा ब्यवसाय गर्दा राजश्व चुहावट बढेको भन्दै विना दर्ता ब्यवसाय नगर्न आग्रह गरेका छन् ।

औद्योगिक क्षेत्र ब्यवसायी संघका महासचिव दीपेन्द्र बस्ताकोटीले पछिल्लो समय निर्माणमा गुणस्तर नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

हार्डवेयर एशोसियन कास्कीका अध्यक्ष राजेश गुप्ताले उद्योग ग्राम निर्माणको काम तीब्र पार्न आग्रह गरे ।

संस्थाका अध्यक्ष यामप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव वासुदेव पौडेलले गरेका थिए । कार्यक्रममा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित भएको छ । सोही अवसरमा ब्यवसायीहरुका र्एसइर्इ परीक्षामा उत्कृष्ट छोराछोरीलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

    • लेउवा संघ महाधिवेशन आजदेखि

      रामशरण नेपाली असाेज १, २०७८
      लेखनाथ । लेखनाथ क्षेत्रका व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारणसभा तथा १३ औं महाधिवेशन शुक्रबारदेखि…
    • नेप्सेमा उच्च गिरावट

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका…
    • कच्चा पदार्थकोे मूल्य बढ्दा तेलको मूल्य बढ्यो

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक…
    • बुधबारदेखि सरकारले खर्च खर्च गर्न नपाउने

      रासस भाद्र २९, २०७८
      काठमाडौं । विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि सङ्घीय…
    • व्यवसायीको क्षमता विकास मेरो एजेन्डा : भट्टराई

      आदर्श समाज सम्वाददाता भाद्र २९, २०७८
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनमा द्वितीय उपाध्यक्ष पदमा व्यवसायी शैलेन्द्रमोहन भट्टराईले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads