Worldlink ads

उद्योगी, व्यवसायीको सुख-दुःखमा १२ वर्षदेखि सँगै छु : प्रजू

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७५

पोखरा उद्योग वाणिज्य संघको आगामी कार्यकालको लागि अध्यक्ष पदका उमेदवार रवीन्द्रबहादुर प्रजूले वितेका १२ बर्षदेखि पोखराका उद्योगी व्यवसायीको सुख-दुःखमा आफू सँगसँगै रहेको बताएका छन् । संघको ३२ औं महाधिवेशनको सन्दर्भमा शनिबार आयोजना गरिएको उमेद्वार परिचय कार्यक्रममा बोल्दै वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रजूले आफ्नो जिन्दगीको १२ बर्ष पोखरा उद्योग वाणिज्य संघको सेवामा विताएको र आगामी दिनमा पनि मतदातालाई गर्विलो महशुस गर्ने अवस्था सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पछिल्लो समयमा पोखरा उद्यो वाणिज्य संघका सदस्यहरु, वस्तुगत संघहरुसँगको सम्बन्ध चिसिदै गएकोमा चिन्ता व्यक्त गर्दै प्रजूले आफ्नो प्यानलमा रहेका अनुभवी व्यवसायीको टिमले नेतृत्व लिने अवसर पाएमा त्यस अवस्थालाई तत्काल सुधार गर्ने वचन पनि दिएका छन् ।

आफ्नो टिम सँधै विधि विधानमा रहने र व्यवसायिक हकहितमा मात्रै लाग्ने प्रतिवद्धता व्यक्त गर्दै नेता र राजनीतिको छडी हल्लाएर नहिड्ने बताए । अधिकांश पूर्व अध्यक्षहरुको समर्थन आफूलाई रहेको बताउँदै उनले उहाँहरुको सल्लाहमा आधुनिक पोखरा उद्योग वाणिज्य संघ निर्माणमा लाग्ने प्रतिवद्धता पनि व्यक्त गरे । पोखराको फोहोरमैला, पार्किङ तथा करको समस्या समाधानमा पनि आफ्नो टिम लाग्ने बताउँदै प्रजूले आफूँग पोखरा उद्योग वाणिज्य संघमा बर्षौसम्म काम गरेको अनुभवी टिम रहेकोले समृद्ध पोखरा बनाउने काममा लाग्ने बचन पनि दिए । पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम थाल्न दवाव दिनको लागि पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा ४२ दिन अनसर बसेको कुरा पनि प्रजुले सम्झिए । पोखरा उद्योग वाणिज्य संघको नेतृत्व लिनको लागि नयाँ पुस्ताले हतार गरेको बताउँदै उनले नेतृत्वको लागि नहतारिन व्यवसायीहरुलाई आग्रहसमेत गरे । कार्यक्रममा आफ्नो परिचयन दिँदै चुनावमा होमिएको प्रजू प्यानलले पोखरा उद्योग वाणिज्य संघलाई पोखराका उद्योगी व्यवसायीको साझा चौतारी बताउने प्रतिवद्धता जनाएको छ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग