Worldlink ads

अन्तरसामुदायिक भलिबल उपाधि लेखनाथलाई 

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७५
COMMUNTIY

पोखरा, २६ भदौ। अन्तरसामुदायिक भलिबल प्रतियोगिताको उपाधि लेखनाथले जितेको छ ।

तीज अवसरमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा भएको १३ औं तीज सांस्कृतिक महोत्सवअन्तर्गत पहिलो दिन भएको प्रतियोगिताको फाइनलमा सामुदायिक बगरलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। हल्लनचोकस्थित क्याम्पिङचोकमा भएको फाइनलमा सामुदायिक लेखनाथले सामुदायिक बगरलाई २५-१६ र २६-२१ को सोझो सेटमा पराजित गर्दै उपाधिसहित सामुदायिक लेखनाथले खसी, ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपविजेता बगरले बोका, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्‍यो ।

५ टिमको सहभागिता रहेको प्रतियोगिताअन्तर्गत बगरले बैदामलाई र लेखनाथले जिल्ला समन्वय समितिलाई सेमिफाइनलमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए । उद्घाटन खेल भने लेखनाथले हेमजालाई सोझो सेटमा हराएको खेल संयोजक दीपेन्द्र पहारीले जानकारी दिए । विजयीलाई वडा प्रहरी कार्यालय बैदामका इञ्चार्ज प्रहरी नायव उपरीक्षक नवीन कार्की, जिल्ला समन्वय समिति अध्यक्ष विष्णुबहादुर भट्टराई, सामुदायिक बैदामका निवर्तमान अध्यक्ष भीम पराजुली, खेल संयोजक दीपेन्द्र पहारीले पुरस्कार वितरण गरे ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले राष्ट्रिय रेफ्री राजन पौडेललाई भलिबल हस्तान्तरण गरी प्रतियोगिता गरेका थिए । एसपी रानाले सामाजिक विकृति विसंगति न्यूनीकरणमा सामुदायिक बैदामले उल्लेख्य कार्य गरेकोमा प्रशंसा गर्दै यसप्रकारका प्रतियोगितालाई निरन्तरता दिनुपर्ने सुझाव दिए । उनले जिल्लाको शान्तिसुरक्षा कायम गर्न सबैजनाको उत्तिकै सहयोग आवश्यक रहेको पनि बताए । सामुदायिक बैदाम अध्यक्ष मीना भट्टराईको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका अध्यक्ष विष्णुबहादुर भट्टराई, सामुदायिक बैदामका संस्थापक अध्यक्ष मंगलबहादुर नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

संस्थाका सहसचिव समेत रहेको प्रतियोगिता संयोजक दीपेन्द्र पहारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन सचिव नेत्रलाल भण्डारीले गरेका थिए ।

यसैबीच, तीज सांस्कृतिक महोत्सवको उद्घाटन बुधबार प्रदेशका उपसभामुख सिर्जना शर्माले गर्ने कार्यक्रम छ ।  सो अवसरमा खुला तीज गीत प्रतियोगिता हुनेछ । कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत हुनेछ ।

Related News

सम्बन्धित समाचार

    • नेपालकै पहिलो फुटसल लिग गर्न पोखरा तयार

      धनबहादुर गुरुङ भाद्र २९, २०७८
      पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमै पहिलो पटक पोखरामा फुटसल लिग गर्दै छ । एन्फाअन्तर्गतको एन्फा फुटसल…
    • स्पोर्टस् क्यासललाई अंशुभराको साथ

      आदर्श समाज सम्वाददाता भाद्र २८, २०७८
      पोखरा । नेसनल फुटसल लिग खेल्ने पोखरेली टिम स्पोर्टस् क्यासललाई अंशुभरा गु्रपले साथ दिने भएको छ । अटोमोबाइल, रियलस्टेट, हस्पिटालिटी,…
    • कास्की तेक्वान्दो संघको पदस्थापन

      आदर्श समाज सम्वाददाता भाद्र २१, २०७८
      पोखरा  । कास्की जिल्ला तेक्वान्दो संघको अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन भएको छ । कास्की जिल्ला तेक्वान्दो संघका निवर्तमान अध्यक्ष एवं…
    • दीपक परियारलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

      आदर्श समाज सम्वाददाता भाद्र १८, २०७८
      पोखरा, १८ भदौ । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट दीपक परियार पुरस्कृत हुने भएका छन् । सहारा क्लब पोखराले…
    • पोखरामा हाप्किडोको बन्द प्रशिक्षण

      आदर्श समाज सम्वाददाता भाद्र १४, २०७८
      पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले केही सिमित व्यक्तिहरुले खेलकुदलाई सोखको रुपमा मात्र प्रयोग गर्नाले नेपाली खेलकुद…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads