पोखरा, २६ भदौ । पोखरामा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बल -एपीएफ) र उपविजेता न्यू डायमण्ड एकेडेमी यस वर्ष पनि फाइनलमा आमनेसामने हुने भएका छन्।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा मंगलबार भएको पहिलो सेमिफाइनलमा न्यू डायमण्डले चितवन र्टाईगरलाई र दोस्रो सेमिफाइनलमा एपिएफले त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्।
न्यू डायमण्डले चितवन टाइगरलाई २५-१७, २५-२३ र २५-१८ को सोझो सेटमा पराजित गर्दा एपिएफले त्रिभुवन आर्मीलाई २५-२२, २५-२० र २५-२१ मा पन्छाएको हो।
फाइनल बुधबार हुनेछ। त्यसअघि तेश्रो स्थानको लागि नै चितवन र्टाईगर र आर्मीबीच खेल हुनेछ। मंगलबार नै भएको लिग चरणका २ खेलमध्ये न्यू डायमण्डले आर्मीलाई २५-१४, २५-१९ र २५-१९ को सेटमा र आर्मीले पोखराको टप्स माविलाई २५-२१, २५-१९ र २५-१० को सोझो सेटमा पराजित गरेका थिए।
विजेता टिमले एक लाख र उपविजेताले ६५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए।
इन्द्रराज्यलक्ष्मी मावि परिसरमा भएको तीज महोत्सवअन्तर्गत बुधबार दीपक खड्का, मन्जु पौडेल, चन्द्र शर्मा लगायत कलाकारको प्रस्तुति हुने सांस्कृतिक संयोजक दिलबहादुर थापाले बताए। अन्तरमावि लोक नृत्य प्रतियोगितामा सरस्वती आदर्श विद्याआश्रम प्रथम भयो । १९ समूहलाई पछि पार्दै सरस्वतीले २५ हजार पुरस्कार प्राप्त गर्यो। प्रतियोगितामा मेरी गोल्ड दोश्रो, सूर्योदय तेश्रो हुँदा कुमुदिनी होम्स, कास्की मोडनाइज्ड र प्रगति बोर्डिङ सान्त्वना भए ।
बुधबार महोत्सवमा साहित्यतर्फ तीर्थ गुरुङ, उद्योग व्यवसायीतर्फ धर्मराज थापा, शिक्षातर्फ विन्ध्यवासिनी मावि र खेलकुदतर्फ व्याडमिन्टनका विशाल खड्कालाई सम्मान गरिने आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
ढोलाहिटीलाई फुटबल उपाधि
बुद्ध विशालको फुटसल प्रतियोगिता
पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक
hero news full width
मुख्य समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१